24th January 2020

तारादेवी स्मृति फाउन्डेसनको आयोजना र आस्था कला केन्द्रको प्रस्तुतीमा तारादेवीको १४औँ पुण्यस्मृति दिवस सम्पन्न ।

माघ,१०,२०७६ । यो नेपाली शिर उचाली, शुभकामना भरी’, ‘उकाली ओरालीहरूमा’, ‘आऊ नआऊ तिम्रै खुसी’, ‘हिमालको काखमा छ सानो मेरो गाउँ’, ‘साँघुरी बारी नि हो त्यो धारा पानी’, ‘कालीपारि दाइ कति राम्रो’, ‘सोचेजस्तो हुन्न जीवन’, ‘फूलको थुँगा बगेर गयो’, ‘बिदा हुने भैगयो बेला’ जस्त कालजयी गीत गाउनु भएकी स्वर किन्नरी उपनामबाट समेत परिचित गायिका तारादेवीको हिजो (बिहीबार) १४औँ पुण्यस्मृति दिवस को अवसर पारेर तारादेवी स्मृति फाउन्डेसनले राजधानीमा एक कार्यक्रमको आयोजना गरेको छ । नेपाली गायन क्षेत्रमा ४ दशकसम्म सक्रिय गायिका तारादेवीले जीवनकालमा ४ हजारभन्दा बढी नेपाली गीत गाएकी छन् ।  काठमाण्डौ महानगरपालिकाको सहकार्य र आस्था कला केन्द्र महाराजगञ्जको प्रस्तुतिमा आयोजना भएको उक्त कार्यक्रम मा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल प्रमुख अतिथिका रुपमा रहेका थिए ।तारा देवी फाउण्डेसनले राजधानीको प्रदशनीमार्ग स्थित राष्टिय सभा गृहमा एक भब्य कार्यक्रमको आयोजना गरी उनको स्मरण गरेको हो ।साथै स्वर किन्नरी तारा देविको समझनामा आयोजना गरिएको तारादेवी नामक कार्यक्रममा गायिका तारा देविका प्रथम गुरु भैरब बहादुर थापा र उनको गीतमा सबै भन्दा धेरै संगीत भर्ने संगीतकार नातिकाजी लाई मरणोपरान्त सम्मान गरिएको छ ।त्यसै गरी उक्त कार्यक्रममा तारादेविको साँगितिक जिवन लाई उचाइमा पुर्याउन सबै भन्दा बढी गीत उपलब्ध गराएका गीतकार यादव खरेल लाई पनि सम्मान गरिएको छ । बिजय नारायण मानन्धर, बिष्णु चेम्जोङ, जिना रसाइली, प्राश्ना शाक्य,गीता पाण्डे र आस्था कला केन्द्रका गायक गायिका हरुले उक्त कार्यक्रममा गायिका तारा देवीको गीत गाएर उनलाई स्मरण गरिएको थियो ।साथै कार्यक्रमका प्रमुख अतिथी उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल स्वर बिचार र संगीत सबै प्रधान गरेकी तारादेवीको योगदान लाई चिरस्थायी बनाउन आफुले सक्दो सहयोग गर्ने बताएका छन ।त्यसैगरी उनले तारादेवी सिंगो देशको सम्पती हुनाले त्यसमा ताल्चा लगाउन नमिल्ने पनि बताएका छ ।त्यस्तै काठमाण्डुका मेयर बिधा सुन्दर शाक्यले पनि तारादेवीको कलायात्रा लाई अमर राख्न आफु पछी नपर्ने बताएका छन भने बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले पनि तारादेवी गायिका मात्र नभएर संगीतकार पनि रहेको र उनलाई भारतकी गायिका लता मंगेस्कर लाई जस्तै सम्मान दिन पर्ने बताएका छन ।कार्यक्रममा आस्था कला केन्द्रका अध्यक्ष तथा तारादेवी फाउण्डेसनका कोषाध्यक्ष रमेश थापाले आफ्नो मन्तब्य राख्ने क्रममा गायिका तारादेवीको नाममा आस्था कला केन्द्रले २ जना बिधार्थी लाई गायनमा छात्रवृती प्रदान गर्ने बताएका छन ।साथै उक्त कार्यक्रममा इमेज ग्रुप अफ कम्पनिजका मालिक आर,के मानन्धरले राजधानीमा केहि साता अगाडी सम्पन्न भएको सिजी कामना फिल्मी अवार्ड २०७६ मा कामना प्रकाशनका अध्यक्ष पुषकर लाल श्रेष्ठको नाममा स्थापित पुष्कर मिडिया अवार्ड बाट समानित हुँदा प्राप्त गरेको एक लाख रुपियाँ र  इमेज अवार्डको तर्फ बाट पनि एक लाख रुपियाँ सहित  दुइ लाख रुपियाँ तारादेवी फाउण्डेसन लाई प्रदान गर्ने घोषणा गरेका छन ।