23rd January 2020

चलचित्र एण्टी हिरोमा अनमोल र जसिताको जोडी बाँधियो ।

माघ्,९,२०७६ ।अभिनेता भुवन के,सीको होम प्रोडक्सनमा निर्माण हुन लागेको चलचित्र एण्टी हिरोको लागी नायिका फाइनल गरिएको छ ।नेपाली चलचित्रका स्टार नायक अनमोल के,सीको मुख्य भूमिका रहने चलचित्रमा चलचित्र लिली बिली बाट नेपाली रजतपटमा प्रबेश गृ अभिनयाँ यात्रा शुरु गरेकी नायिका जसिता गुरुङ लाई फाइनल गरिएको छ ।चलचित्र एण्टी हिरोमा नायिका जसिता को चर्चा गएको केही महिना अगाडि देखी नै चल्दै आए पनि निर्माण टिमले अफवाह बताउँदै आएको थियो । यसि क्रममा अभिनेता भुवन के,सीले चलचित्रका लागी नायिकाको रुपमा जसिता गुरुङ लाई कागजी सम्झौता गराए सँगै अब उक्त चलचित्रमा नायक अनमोल सँग जसिताले रोमान्स गर्ने पक्क भएको हो ।जसिता लाई अभिनेता भुवन ले बुधवार  कागजी सम्झौता गरेका हुन । चलचित्र ‘लिलिबिली’ बाट अभिनय यात्रा सुरु गरेकी नायिका जसिताले त्यस पछी चलचित्र‘लभ स्टेशन’अभिनयाँ गरिसकेकी छिन भने निर्देशक रेनशा वान्तवा राईको ‘आई एम ट्वान्टिवान’ मा पनि अनुबन्धा भैसकेकी छिन ।काजल फिल्मस्को ब्यानरमा निर्माण हुने ‘एन्टी हिरो’ को लागी अभिनेता र अभिनेत्रीको टुंगो लागे पनि निर्देशक भने फाइनलहुन बाकी रहेको पनि बताइएको छ ।साथै समाचार स्रोतका अनुसार बैशाख १ गतेबाट फ्लोरमा जाने बताइएको उक्त चलचित्र लाई एक भारतीय निर्देशकले निर्देशन गर्ने र केही दिनमा निर्देशकसँग पनि कागजी सम्झौता हुने बताइएको छ । चलचित्र एण्टी हिरोमा अभिनेता भुवन केसीले पनि अभिनय रहने र चलचित्रमा उन लाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउने पनि  बताइएको छ । साथै चलचित्रका लागी नायिका जसिता अनुबन्ध भए सँगै पहिलो पटक पर्दामा अनमोल र जसिताको जोडी हेर्न दर्शकलाई निकै रोचक हुने अनुमान लगाउन सकिन्छ।