22nd January 2020

चलचित्र साङलो को दोस्रो गीतमा नायिका निकिताको हट अवतार ।

पौष,८,२०७६ । यती बेला नेपाली दर्शक स्रोताहरु मन जित्न सफल गीत हो चरिले काफल टियो ।जुन गीत रहेको छ अभिनेता बिराज भट्टको निर्माण निर्देशन र अभिनय रहेको चलचित्र साङलो ।माघ २४ गते बाट प्रदशनमा आउन लागेको चलचित्र साङलो मा अभिनेता बिराज लाई सन् २०१७ की मिस नेपाल निकिता चण्डकले अभिनयाँमा साथ दिएकी छिन ।साथै चलचित्र ‘साङ्लो’ निकिता को डेब्यू चलचित्र रहेको छ ।यस अघी निकितले चलचित्र रानी महल मा अभिनय गरेको भए पनि उक्त चलचित्र, चलचित्रका निर्माता र निर्देशका आन्तरिक लफडा भएपछि चलचित्र रानी महलको  आधा छायांकन पनि नसकिँदै रोकिन पुगेको थियो ।यसै बिच चलचित्र साङलोको निर्माण टिम सँग  सहकार्य गर्न पुगेकी नायिका निकिता अभिनित चलचित्र ‘साङ्लो’ एक गीत र चलचित्रको एक्सन ट्रेलर लाई निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।सार्वजनिक गीतमा नायिका निकिताले गरेको नृत्य को यती बेला खुलेर प्रशंसा भैरहेको छ ।साथै ट्रेलर मा देखिएको उनको अभिनयले पनि दर्शक हरुको मन जित्न सफल भैरहेको छ । बिशेष गरी निकिताको नृत्य, हाउभाउ र एक्सप्रेसनलाई दर्शकले मन पराएका छन् । साथै माघ २४ नजिकिदै गर्दा अभिनेता बिराज र अभिनेत्री निकिता यती बेला चलचित्रको प्रचार प्रसार को लागी लागिपरिरहेका छन ।चलचित्रको प्रमोशनमा अभिनेता विराजलाई निकितले राम्रो साथ दिइरहेकी छन् । उनि हरी यतिबेला देशभित्र भैरहेका विभिन्न महोत्सवहरुमा पुगी चलचित्रको को प्रचार प्रसार गरिरहेक छन ।यसै शिलशिलामा केही दिनअघि चलचित्र साङलो को निर्माण टिमले चलचित्रको नयाँ गीतको छायांकन सम्पन्न गरेको छ । विराज र निकिताको नृत्य लाई समाबेश गरिएको उक्त गीतको छायाकनको क्रममा खिचिएको केही अचल तस्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । जसमा नायिका निकितालाई ‘हट एण्ड बोल्ड’ अवतारमा देख्न सकिन्छ ।साथै यस अघी निर्माण टिमले सार्वजनिक गरेको चरिले काफल टिप्यो ले झै डान्सिङ नम्बरको यो गीतले पनि दर्शक स्रोता हरुको मन जित्दै चर्चा बटुल्नेमा निर्माण पक्षले ठूलो आश बोकेको छ ।शिवम अधिकारीको लेखन,सुरेश अधिकारीराजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा  बिराज र निकिताको अलवा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ ।