21st January 2020

अभिनेता शुशिल श्रेष्ठ र नव अभिनेत्री रुबिना थापा अभिनित फाल्गुन २ गते बाट प्रदशनमा आउन लागेको चलचित्र लभ डायरिजको ट्रेलर सार्वजनिक ।

माघ,७,२०७६ ।अभिनेता शुशिल श्रेष्ठ र नव अभिनेत्री रुबिना थापा अभिनित फाल्गुन २ गते बाट प्रदशनमा आउन लागेको चलचित्र लभ डायरिजको निर्माण टिमले राजधानिमा एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर लाई सार्वजनिक गरेको छ ।निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्मित चलचित्रको सार्वजनिक ट्रेलरमा अभिनेता सुशील र अभिनेत्री रुविना थापाको माया,प्रेम, रोमान्स र बिछोड लाई देखाएको छ ।चलचित्रको प्रदशन मिती नजिकिदै गर्दा निर्माण टिमले आयोजना गरेको ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकार निर्माता निर्देशक र पत्रकार हरुको उपस्थित रहेको थियो । अभिनेता शुशिल श्रेष्ठ र अभिनेत्री रुबिना थापाले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्रको सार्वजनिक ट्रेलरमा शुशिल लाई मोज मस्तिमा लागिपरिरहने युवकको भुमिकामा देखाइएको छ ।यस अघी निर्माण टिमले सार्वजनिक गरेको चलचित्रमा समाबेश गीत सुन्यौ कि सुनेनौ तिमीले र छम छम बोल रहेको गीतले चर्चा बटुल्दै चलचित्रको हाइप बढाइरहेको समयमा निर्माण टिमले उक्त ट्रेलर सार्वजनिक गरेको हो ।युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई समावेश गरिएर निर्माण भएको उक्त चलचित्र मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको चलचित्रका निर्देशक सौरभ चौधरीले बताइएका छन ।चलचित्रमा शुशिल श्रेष्ठ,रुबिना थापा,विश्वजित रिमाल,बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।ई इस्टेर इन्टरटेनमेन्ट’ को व्यानरमा निर्माण भएको लभस्टोरी चलचित्र ‘लभ डायरिज’ मा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत,कविराज गहतराजको नृत्य रहेको छ ।  विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माण रहेको छ ।