20th January 2020

गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति ।

पौष,६,२०७६ ।गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको बताइएको छ । साथै गायिका राउत लाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गर्न प्रहरीले अनुमति पाएको पनि स्रोतले बताएको छ ।साथै समाचार स्रोतका अनुसार गायिका राउतविरुद्ध पक्राउ अनुमति जारी भएको र  प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको पनि बताइएको छ ।गत बधुबार काठमाडौं बाट भद्रपुर जाने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट आफु माथी दुर्व्यवहार भएको भन्दै गायिका आस्थ राउतले एक भिडियो सार्वजनिक गरेकी थिइन जुन भिडियोमा उनले केहि अपशब्द समेत प्रयोग गरेकी थिइन । राउतले सार्वजनिक गरेको उक्त भिडियो भाइरल भएपछि घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले  महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।साथै रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन क्रममा संकलन गरिएको भिडियो फुटेजबाट गायिका आस्थामाथि दुर्व्यवहार नभइ, गायिका आस्थाले चाहिँ त्यस समय विमानस्थलमा खटेकी महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएको प्रहरी दाबी  छ । त्यसपछि महिला प्रहरी रमिला श्रेष्ठले पनि गायिका राउत माथी अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालय मार्फत किटानी जोहरी दिएकी थिइन् ।