19th January 2020

चलचित्र आमा नेपालमा प्रदर्शन भएको दिन नै अष्ट्रेलिया र अमेरिकामा पनि एकसाथ प्रदर्शन हुने ।

माघ,५,२०७६ ।निर्देशक दीपेन्द्र के, खनालको निर्देशनमा निर्मित चलचित्र आमाको अष्ट्रेलिया र अमेरिकाको राइट्स निर्माण टिमले महँगो रकममा बिक्री गरेको बताइएको छ ।चलचित्र ‘पशुपति प्रसाद’ जस्तो यादगार दर्शकको मनमस्तिष्कमा बस्न सफल चलचित्रका  निर्देशक दीपेन्द्र के,खनाल निर्देशित चलचित्र ‘आमा’ आउँदो फागुन ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदशन मिती नजिकिए सँगै निर्माण टिमले सार्वजनिक गरेको  ट्रेलरलाई दर्शक हरुले यती बेला सकारात्मक प्रतिक्रिया दिइ रहेको छ ।आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथा भन्ने चलचित्र आमा को अष्ट्रेलिया र अमेरिकाको राइट्स बिक्री भए सँगै अब उक्त चलचित्र नेपालमा प्रदर्शन भएको दिन नै अष्ट्रेलिया र अमेरिकामा पनि एकसाथ प्रदर्शन हुने जानकारी दिइएको छ ।साथै निर्माण टिमले समाचार स्रोत लाई आमा लाई अन्य देशमा पनि प्रदर्शन गर्नका लागि विभिन्न कम्पनीका व्यक्तिहरुसँग कुराकानी भैरहेको पनि बताएका छन ।निर्मात्री शर्मिला पाण्डेको निर्माण मा निर्मित चलचित्र आमामा सुरक्षा पन्त र मिथिला शर्माको साथमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । काठमाण्डौ र रामेछापमा छाँयाकन गरिएको चलचित्रको सह-निर्मातामा सन्तोष अधिकारी रहेका छन् । अधिकांश दृश्य पानीमा छाँयाकन गरिएको चलचित्र मा सुभाष भुषालको संगीत रहेको छ ।