14th January 2020

गायिका लोचन भट्टराइका भाइ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन ।

पौष,२९,२०७६ ।गायिका लोचन भट्टराइका भाइ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ ।गायक निशान भट्टराइको मंगलबार बिहानै सवारी दुर्घटनामा परी निधन भएको पनि बताइएको छ ।समाचार स्रोतका अनुसार दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दुर्घटना भएको बताइएको छ ।मंगलबार बिहान पौने १ देखि १ बजेको बीचमा गायक निशान भट्टराइले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको प्रहरीले समाचार स्रोत लाई जानकारी दिएको पनि बताइएको छ ।दरबारमार्गस्थित बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत रहेका भट्टराई गजल गायकीका कारण निकै चर्चित थिए ।स्टेजलगायत पाँचतारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली गीत तथा गजल गाउँदै आइरहेका गायक भट्टराई लाई गम्भीर अवस्थामा उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको र बिहान ४ः ४५ मा उपचारको क्रममा उनको निधन भएको पनि प्रहरीले समाचार स्रोत लाई जानकारी दिएका छन् ।साथै स्रोत लाई वरिष्ठ संगीतकार मिलन मोक्तानले जानकारी दिए अनुसार गायक भट्टराईको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको र उनको आजै पशुपती आर्यघाटमा दिउँसो १ बजे अन्त्येष्टि गरिँदैछ ।