06th May 2019

चलचित्र भुइ फुलको शुभ मुर्हत ।

बैशाख,२३,२०७६ ।निर्देशक नेत्र छन्त्यालको निर्देशनमा बन्न लागेको चलचित्र भुइ फुलको हिजो राजधानी मा एक कार्यक्रमको बिच शुभ मुर्हत सम्पन्न गरिएको छ ।द्वन्द्वकालमा विस्थापित भएर मधेशमा बसोबास गर्न आइ पुगेका विभिन्न समुदाय विशेषगरी दलित समुदायमा हुने उतारचढाव तथा राज्यले गरेको विभेद माथिको कथामा आधारित रहेर चलचित्र भुइ फुलको निर्माण गरीन लागेको चलचित्रका निर्देशक नेत्र छन्त्यालले उक्त शुभ मुहूर्त कार्यक्रममा बताएको छ ।  सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धरले  मुहूर्त गरेकी चलचित्रको प्रस्तुतकर्तामा सरिता राई  रहेका छन ।काठमाडौं, धरान र झापामा छायांकन गरिने उक्त चलचित्रको निर्माण टिम  बैशाख २५ गतेबाट फ्लोरमा जाने पनि बताइएको छ ।निर्देशक स्वयंको कथामा निर्माण हुन लागेको उक्त चलचित्रमा रामेश्वर हुमागाइँको छायाकन्,रमेश खड्काको संगीत रहने छ,निर्देशनमा विनय पौडेलले निर्देशक नेत्रलाई सघाउने बताइएको छ।उर्मिला वान्तवा राईको लगानीमा निर्माण हुने चलचित्र भुइ फुलमा गोविन्द प्रभात, नरेन खड्का, तुलसा थापा, दीपेन्द्र दनौल, चन्दा राईलगायतका कलाकारहरुको अभिनय रहनेछ । साथै चलचित्र भुइ फुलको कार्यक्रममा उपस्थित भएकी नायिका करिस्मा मान्धरले फिल्मले उठाउन खोजेको बिषयबस्तु मन परेको बताइन् । उनले फिल्मको कथाबस्तु मन परेकोले मूर्हूत कार्यक्रममा आफू सहभागी भएको बताउँदै फिल्मको प्रिमियरमा पनि बोलाउन अनुरोध पनि गरेकी थिइन ।