13th January 2020

अभिनेता रमित ढुंगाना चलचित्र माया नमार २ को निर्माणको तयारीमा ।

पौष,२८,२०७६ ।यती बेला नेपाली चलचित्रको बजारमा चलचित्रको सिक्वेल निर्माण हुने क्रम एक पछी अर्को गर्दै बढीरहेको छ ।यही हुलमा अब चलचित्र माया नमार २ पनि बन्ने भएको छ ।समाचार स्रोतका अनुसार निर्देशक मदन घिमिरेको निर्देशनमा निर्माण भै सन् २००२ मा प्रदर्शनमा आएको चलचित्र ‘माया नमार’ बाट अभिनय यात्रा सुरु गरेका अभिनेता रमित ढुंगानाले चलचित्र माया नमार को सिक्वेलबाट आफ्नो छोरालाई नेपाली रजतपटमा डेब्यु गर्न लागेको बताइएको छ । अभिनेता रमितले चलचित्र माया नमार को सिक्वेल बाट आफ्नो छोरा लाई डेब्यु गर्न लागेको जानकारी आफ्नो जन्मदिन मनाउने क्रममा बताएका हुन ।यस को साथ साथै अभिनेता रमितले चलचित्र माया नमार २ को निर्माण हुन भने अझै ४ देखि ५ वर्ष लाग्ने पनि बताएका छन् । रमितका अनुसार गएको १५ वर्षदेखि अमेरिकामा बस्दै, कम्प्यूटर इन्जिनियरिङ विषयमा अध्ययन गरिरहेका छोरा ओजश्वी चलचित्रमा अभिनय गर्ने इच्छा देखाएपछि आफुले चलचित्र ‘माया नमार २’ बाट डेब्यू गर्ने तयारी गरेको पनि बताएका छन । त्यस्तै उनले छोरा ओजश्वीले आफ्नो दबाबमा चलचित्रमा अभिनय गर्न नलागेको पनि बताएका छन ।गत आइतवार पिता अभिनेता रमितको जन्मदिन सेलिब्रेसन कार्यक्रममा उपस्थित भएका ओजश्वीले आफु लाई सानैदेखि चलचित्रमा अभिनय गर्ने इच्छा रहेको र अब त्यो इच्छा चाँडै पूरा हुन लागेको बताएका छन ।साथै उनले उक्त जन्मदिन सेलिब्रेसन कार्यक्रममा अब आफु ४ वर्ष पछी अमेरिकाबाट नेपाल फर्कदा अभिनेता बन्न योग्य भएर फर्किने बताएका पनि छन । पछिल्लो पटक चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ मा देखिएका अभिनेता रमित ढुंगाना चाँडै चलचित्र‘राजा साहेब’ को छायांकनमा व्यस्त हुन लागेका रमित ले चलचित्र माया नमार २ बाट छोरा ओजश्बी को साथमा आफ्नो भान्जालाई पनि डेब्यू गर्ने तयारीमा रहेको बताइएको छ ।