12th January 2020

चलचित्र लप्पन छप्पन २ को टिजर सार्वजनिक ।

पौष,२७,२०७६ ।चलचित्र लप्पन छप्पन २ को टिजर सार्वजनिक भएको छ ।आउँदो नयाँ वर्षको बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको निर्देशक मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन २’ को सार्वजनिक टिजरमा एक्सन लाई देखाइएको छ ।तीन सय मिलियन डलर हत्याउन पात्रहरुले गर्ने चलखेल देखाइएको चलचित्र लप्पन छप्पन २ को टिजर लाई चलचित्रको निर्माण तिमले हत शुक्रवार सार्वजनिक गरेको हो ।साथै सार्वजनिक टिजर बाट चलचित्र सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा र अनुपविक्रम शाहीको वरिपरि घुमेको अनुमान लगाउन सकिन्छ । चलचित्रमा अभिनेता शिव लाई सौगातको पिताको भूमिकामा देख्न पाइने छ ।अभिनेता सौगात र अर्पणको भिन्न लुक्स देख्न पाइने चलचित्रमा गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।यस्तै चलचित्र ‘लप्पन छप्पन २’ बाट अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्ति श्रेष्ठ,केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतले पनि अभिनयमा डेब्यू गर्दै छन् ।खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन,निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा र संवाद,शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत,हिमाल केसी र निर्देशक भट्टको द्रन्द रहेको छ ।चलचित्र निर्माण्को लागी गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्य गरेका छन । चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी रहेका छन भने निर्मातामा  चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिप चन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल रहेका छन् ।