10th January 2020

नायिका रिमा र निराजन प्रधानको 'छन शब्द' सार्वजनिक ।

पौष,२५, २०७६ ।गायक टेक दुधराज को रोमाञ्टिक गीत 'छन शब्द' लाई सार्वजनिक गरिएको छ ।प्रबिन तिम्सिनाको शब्द र प्रबिन दियालीको संगीत रहेको गीत 'छन शब्द' लाई बुढा सुब्बा म्युजिक को यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।राजधानीको बनस्थली स्थित रेसु भिल्ला रिसोर्ट र बज्रबाराही को रमणिय स्थान हरुमा छाँयाकन गरिएको भिडियोमा नायिका तथा मोडल रिमा बिश्वकर्मा र मोडल निराजन प्रधानको अभिनय रहेको छ ।चर्चित म्युजिक भिडियो निर्देशक स्वर्गिय सुरज श्रेष्ठको अन्तिम भिडियो रहेको यस गीतको भिडियो लाई सम्पादक तथा निर्देशक प्रबिन श्रेष्ठले निर्देशन गरेका छन ।भिडियोमा हरी हुमागाँई को छाँयाकन रहेको छ ।