09th January 2020

चलचित्र ''म यस्तो गीत गाउँछु २'' को दोस्रो गीत सार्वजनिक ।

पौष,२४,२०७६ ।नायिका पुजा शर्मा र नायक पल शाह अभिनित फाल्गुन २३ गते बाट प्रदशनमा आउन लागेको चलचित्र हो म यस्तो गीत गाउँछु २ ।जुन चलचित्रको गीत संगीतले यती बेला चर्चा बटुल्न सफल भइरहेको छ ।निर्देशक सुदर्शन थापाको निर्माण र निर्देशनमा निर्मित चलचित्र म यस्तो गीत गाउँछु २ को सार्वजनिक पहिलो गीत तिम्रो घरको वरिपरिले नेपाली गीत संगीत प्रेमी दर्शक स्रोता हरुको मन जित्दै उक्त चलचित्रको हाइप बढाउन सफल भइरहेको छ ।पहिलो गीतले पाइरहेको सफलता र चलचित्रको प्रदशन मिती नजिकिदै गर्दा चलचित्र म यस्तो गीत गौँछु २ को निर्माण टिमले नयाँ गीत सार्वजनिक गरेको छ । संगीतकार अर्जुन पोखरेलको संगीतमा तयार भएको उक्त गीतमा सनिश श्रेष्ठको स्वर रहेको छ ।नायिका पुजा शर्मा र नायक पल शाह माथी छाँयाकन गरिएको उक्त गीत को भिडियो मा पल र पुजा को प्रेम भाव झल्कन्छ । चलचित्रमा नायिका पुजा र नायक पल को साथमा हरिहर शर्मा,दिनेश डि, सी,राजा राजेन्द्र पोखरेल गणेश गिरि,सोनिका रोकाया लगाएत कलाकार हरुको अभिनय रहेको छ ।सागितिक प्रेम कथामा निर्माण भएको चलचित्रमा निर्देशन सुदर्शनको कथा,सौरभ लामाको छाँयाकन,रामजी लामिछानेको नृत्य,शिवम अधिकारी र दिनेश न्यौपाने को पटकथा,बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।