08th January 2020

निर्देशक विशाल सापकोटाको निर्देशनमा निर्मित चलचित्र सेल्फी किङको ट्रेलर सार्वजनिक ।

पौष,२३,२०७६ । आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको निर्देशक विशाल सापकोटाको निर्देशनमा निर्मित चलचित्र सेल्फी किङको ट्रेलर सार्वजनिक भएको छ। एक चर्चित टेलिभिजन कलाकारको ३ दिनको जीवनलाई पर्दामा प्रस्तुत गरिएको चलचित्र ‘सेल्फी किङ्ग’को ट्रेलर लाई राजधानिमा एक कार्यक्रमका बिच  सार्वजनिक गरिएको हो । काठमाण्डौदेखि सोलुखुम्बु सम्मको यात्रा र त्यसको दौरान आउने विभिन्न खालका आरोह–अवरोहको कथामा निर्माण भएको चलचित्र सेल्फी किङको शिर्ष भूमिकामा अभिनेता विपिन कार्कीलाई देखाइएको छ । यस अघी चलचित्रको पोस्टर र टीजर लाई सार्वजनिक गरिसकेको निर्मण टिमले चलचित्रको प्रचार प्रसार लाई थप बलियो बनाउन को लागी चलचित्रको ट्रेलर लाई सार्वजनिक गरेको हो ।‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकारको भूमिकामा अभिनेता बिपिन लाई देख्न पाइने चलचित्रको सार्वजनिक ट्रेलरमा ओखलढुङ्गामा आफ्नो प्रस्तुती दिन जाने क्रममा ‘सेल्फी किङ’ उर्फ विपिन कार्कीको जीवनमा आउने उतार-चढावको कथा ट्रेलरमा देखाइएको छ । साथै ट्रेलरमा अभिनेता विपिनले बोलेका संवादहरु पनि घतलाग्दा छन् ।चलचित्रमा विपिनको साथमा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।अभिनेत्री लक्ष्मी वर्देवा लाई अभिनेता बिपिनको श्रीमतीको भूमिकामा देख्न पाइने छ । त्यस्तै, अभिनेत्री भुवन चन्द लाई विपिनकी आमाको भूमिकामा हेर्न पाइने छ । निर्देशक विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको सेल्फी किङमा दिनेश राउत र सुभाष थापाको लगानी रहेको छ । चलचित्रका सह–निर्मातामा भने प्रबल कोइराला र राजेश विसुराल रहेका छन ।साथै चलचित्रमा नायिका केकी अधिकारीले एक गीतमा नृत्य प्रस्तुत गरेकी छिन् ।त्यस्तै सुसन प्रजापतिको छायांकन, निर्मल कुमार लामाको कोरियोग्राफी, जीवन थापाको सम्पादन रहेको छ ।