07th January 2020

गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना ।

पौष,२२,२०७६ ।विभिन्न कभर गीतहरु गाएर चर्चामा आएकी गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटनामा परेको छ ।सुरिलो स्वरकी धनी गायिका त्रिशाला गुरुङ को उक्त दुर्घटनाका कारण उनको निधार,हत्केला र हातमा मा चोट लाग्नुका साथै एउटा आँखा पनि चोट लागेको बताइएको छ ।गायिका त्रिशाला आफु दुर्घटनामा परेको जानकारी आफ्नो आधिकारिक फेसबुक पेजमा मार्फत दिएकी हुन् । उनले फेसबुकमा दुईवटा भिडियो स्टोरी राखेर उक्त दुर्घटनाबारे बताएकी हुन् ।साथै गयिका त्रिशालाले पठाओ सेवा प्रयोग गर्दा आफु दुर्घटनामा परेको पनि जानकारी दिएकी छन । यद्यपि,गायिका त्रिशाला गुरुङ ले दुर्घटनाका लागि पठाओ सेवा र चालकलाई दोष दिन भने नचाहेको उनले स्पष्ट पारेकी छिन ।यस को साथ साथै उनले पछाडि बस्नेलाई पनि हेल्मेट दिने वा अनिवार्य रुपमा हेल्मेट  लगाउनै पर्ने नियम बनाए यस्ता सेवा अझै राम्रो हुने भन्दै उनले पठाओलाई सल्लाह पनि दिएकी छिन् ।