05th January 2020

चलचित्र ‘कमाण्डर’ को ट्रेलर सार्वजनिक ।

पौष,२०,२०७६ ।माघ १० गते बाट प्रदशन मा आउन लागेको चलचित्र ‘कमाण्डर’ को ट्रेलर सार्वजनिक भएको छ ।निर्देशक एल,आर विवेक सापकोटाको निर्देशनमा भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलिबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेर निर्माण गरिएको चलचित्र कमाण्डरमा अनुपबिक्रम शाहि,रोविन तामाङका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा लगाएतको अभिनयाँ रहेको छ ।सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको फिल्म ‘कमाण्डर’को निर्माण टिमले चलचित्रको प्रचार प्रसार गर्दै सार्वजनिक गरेको ट्रेलरमा अभिनेता अनुपबिक्रम शाही र रोविन तामाङबीचको टकराव लाई देखाइएकोछ ।चलचित्रमा अभिनेता अनुप लाई प्रहरी अफिसरको भूमिकामा देख्न पाइने छ भने रोविन लाई तस्करको भूमिकामा देख्न पाइने छ ।सावन जंग राना सह-निर्माता रहेको चलचित्र कमाण्डर मा दिब्य सुवेदीको छाँयाकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यको नृत्य निर्देशन,मनोज चौलागाईंको संगीत रहेको छ ।