03rd January 2020

बिराज भट्टको चलचित्र साङ्लोको ट्रेलर सार्वजनिक ।

पौष,१८,२०७६ ।एक्सन नायक बिराज भट्टको निर्माण र निर्देशनमा निर्मित चलचित्र साङ्लोको ट्रेलर सार्वजनिक गरिएको छ ।यस अघी चलचित्रमा समाबेश गीत चरिले काफल टिप्यो लाई सार्वजनिक गरेको चलचित्रको साङलो को निर्माण टिमले आज राजधानिमा एक कार्यक्रमको बिच एक्सन युक्त ट्रेलर लाई सार्वजनिक गरेको हो ।अभिनेता विराज भट्टको एक्सन लाई भरपुर समेटिएको ट्रेलरमा माया प्रेम कमेडी बदला लाई पनि समेटिएको छ । माघ २४ गते बाट प्रदशनमा आउन लागेको चलचित्रको साङलो को सार्वजनिक ट्रेलरले नेपाली दर्शक हरुको मन जित्दै उक्त चलचित्र प्रती दर्शक हरुको कौतुहल्त बढने अनुमान लगाउन सकिन्छ ।यस अघी चलचित्रको प्रचार प्रसार गर्दै  संगीतकार राजनराज सिवाकोटीको स्वर, शब्द तथा संगीत र संगीतकार राजनराज गायिका मिलन नेवारको आवाज मा तयार भएको लोक लयको गीत चरिले काफल टिप्यो सार्वजनिक भए सँगै उक्त चलचित्रको हाइप बढिरहेको समयमा सार्वजनिक उक्त ट्रेलरले चलचित्रको हाइप थप बढन सक्ने पनि अनुमान लगाउन सकिन्छ।नेपाली चलचित्रमा छाइरहेको समयमा भोजपुरी चलचित्र हरुमा ब्यस्त हुन पुगेका अभिनेता बिराजले लामो समय पछी पुन कम ब्याक गरेका चलचित्र साङ्लोमा शिवम अधिकारीको लेखन,मानकृष्ण श्रेष्ठको छाँयाकन्,श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ ।बिराज भट्ट र पुर्वमिस नेपाल निकिता चन्डकको मुख्य भूमिका रहेको चलचित्रम जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह्, आर्,पि, पन्त, लय सङ्रौला, अमित गिरि, शिशिर भण्डारी, रमेश सोदारी, भिष्मा जोशी लगाएत कलाकार हरुको अभिनय रहेको छ।