01st January 2020

चलचित्र दि कर्माको ट्रेलर सार्वजनिक ।

पौष,१६,२०७६ ।अभिनेत्री परमिता आर एल राणा निता ढुङाना,बुद्धी तामाङ लगाएत कलाकार हरुको अभिनय रहेको चलचित्र हो दि कर्मा ।जुन चलचित्र  माघ १७ गतेबाट प्रदर्शनमा आउदै छ । एक्सन-लभस्टोरी जनरामा निर्माण भएको चलचित्र‘दि कर्मा’ लाई निर्देशक  देव कुमार श्रेष्ठले निर्देशन गरेका  छन ।जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘दि कर्मा’ को कथा निर्माता जय राज राय को रहेको छ भने शुशील पोखरेलको पटकथा तथा संवाद,कोशिश क्षेत्रीमानस थापाअंकित बाबु अधिकारीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको छ ।निर्माता  रायसँगै श्रीदेव बि,एल,र निशा खतिवडा निर्माताको रुपमा रहेको छन् । सारदा खड्का अर्याल सह-निर्माताको रुपमा रहेका छन ।यसै क्रममा चलचित्रको प्रदशनी मिती नजिकिए सगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय चलचित्र दि कर्माको निर्माण टिम ले चलचित्र को ट्रेलर सार्वजनिक गरेको छ ।चलचित्रको प्रचार प्रसार को क्रम मा दि कर्माको निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरमा भारतीय कलाकार करण वर्मा, परमिता आर,एल,राणा, नीता ढुंगाना, बुद्दी तामाङलाई देख्न सकिन्छ । साथै ट्रेलरमा परमिता र बुद्दीलाई नेगेटिभ भूमिकामा देखाइएको छ ।