31st December 2019

नयाँ वर्षको बैशाख २६ गतेबाट चलचित्र आकाशे खेती प्रदर्शनमा आउने ।

पौष,१५,२०७६ ।कमेडी कथामा निर्माण भएको र विल्सन विक्रम राई, गौरव पहाडी, नीता ढुंगाना, बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सा , रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्मा लगायत कलाकार हरुको अभिनय रहको चलचित्र आकाशे खेती नयाँ वर्षको बैशाख २६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।निर्देशक उदय सुब्बाको निर्देशन र  एसएस इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र आकाशे खेती मा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको चलचित्रका निर्देशक उदय सुब्बाले बताएका छन ।चलचित्रमा राजु किरातीको द्धन्द्ध, रामजी लामिछानेको नृत्य र विकाश चौधरीको संगीत रहेको छ।