04th May 2019

थारु गीत कहे हम नही सकछुनको म्युजिक भिडियो सार्वजनिक ।

बैशख,२२,२०७६ ।थारु गीत कहे हम नही सकछुनको म्युजिक भिडियो सार्वजनिक भएको छ ।पछिल्लो समय थारु गीत संगीतले बजार बिस्तार गरिरहेको समयमा थारु समाजका स्थानीय निक्कै चर्चित गायक करण चौधरी र गायिका अनुमा चौधरीको आवाजमा तयार भएको कहे हम नही सकछुन बोल रहेको गीत सार्वजनिक भएको हो । सार्वजनिक भएको उक्त गीतमा राज संघर्षको शब्द,बल बहादुर राजवंशीको संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको छ ।दर्जनौ चौधरी गीत हरुमा आफ्नो मधुर आवाज दिइ सकेका गायक करनको उक्त गीतको म्युजिक भिडियोमा मोडल मार्टिना चौधरी र गायक करण को अभिनय रहेको  छ ।मोडल मार्टिना चौधरी र करन को माया प्रेम लाई प्रस्तुत गरेको उक्त गीत को भिडियो मकवानपुर जिल्लाको रमणिय स्थल कुलेखानी ड्याम साइट मा छायाकन गरिएको छ ।भिडियो लाई निर्देशक रत्ज जोशीले निर्देशन गरेका छन ।निकै सुन्दर तरीकाले प्रस्तुत गरिएको भिडियोमा उत्सव दाहालको छाँयाकन्,नबिन निरौलाको सम्पादन रहेको छ । https://www.youtube.com/watch?v=42OIX_x5uYk&feature=youtu.be&fbclid=IwAR26vW31NjBSISRoUZPFqUMjeF76stf3T40kE_kSk1aaslxbl7oEmiyv68k