30th December 2019

चलचित्र लभ डायरिजको नयाँ गीत सार्वजनिक ।

पौष,१३,२०७६ । चलचित्र लभ डायरिजको नयाँ गीत सार्वजनिक भएको छ ।निर्माण भएको लामो समय पछी प्रदशनमा आउन लागेको उक्त चलचित्रको दोस्रो गीत छमछमी लाई निर्माण टिमले आज राजधानी एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको हो ।यस अघी चलचित्रमा समाबेश पहिलो गीत सुन्यौ कि सुनेनौ तिमी ले बोल रहेको गीत लाई सार्वजनिक गरेको निर्माण टिमले सार्वजनिक गरेको दोस्रो गीत छमछममा संगीतकार अर्जुन पोखरेल शब्द संगीत र गायक सुरेश लामा र गायिका दुर्गा खलेलको को स्वर रहेको छ ।गीत को अगाडीको केहि अंशमा बाल गायिका कमला घिमिरेको पनि स्वर लाई समेटिएको छ । बिक्रम लामा र एञ्जिला खत्रीको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता सुशिल श्रेष्ठ अभिनेत्री रुबिना थापाको साथमा ट्विन्स गर्ल प्रिन्सा र प्रिन्सी माथी छायाकन गरिको छ । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्मित चलचित्र लभ डायरिजमा सुशील र रुबिनाको अलावा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई समावेश गरिएर निर्माण भएको उक्त चलचित्र मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको चलचित्रका निर्देशक सौरभ चौधरेले बताएका छन ।चलचित्रमा अभिनेता सुशील लाई विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिकामा देख्न पाइने पनि बताइएको छ ।‘ई इस्टेर इन्टरटेनमेन्ट’ को व्यानरमा निर्माण भएको लभस्टोरी चलचित्र ‘लभ डायरिज’ मा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत,कविराज गहतराजको नृत्य रहेको छ ।  विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माणमा निर्मित उक्त चलचित्र लाई लिएर नव नायिका रुबिना थापापनी निकै उत्साहित छिन् ।