27th December 2019

दीपक राज गिरी र दीपाश्री निरौलाको चलचित्र छक्का पञ्जा ४ आउँदो दशैंमा प्रदर्शनमा आउने।

पौष,११,२०७६ ।कलाकार तथा निर्माता दीपकराज गिरी र कलाकार निर्माता तथा निर्देशक दीपाश्री निरौलाको चलचित्र छक्का पञ्जा ४ नेपालीहरुको महान पर्व आउँदो दशैंमा प्रदर्शनमा आउने भएको बताइएको छ ।समाचार स्रोतका अनुसार चलचित्र छक्का पञ्जा टिमका निर्माता दीपकराज गिरीले रिच इन्टरटेन्मेन्ट र जि,जि ,ए ग्रुपलाई काठमाडौंभित्र र एफडी कम्पनीलाई मोफसलमा फिल्म वितरण गर्ने अधिकार दिइसकेको र दीपक र  वितरक कम्पनी बिच शुक्रबार कागजी सम्झौता भइसकेको पनि बताइएको छ ।साथै चलचित्र छक्का पञ्जा ४ ले पनि आउदो दशैंका लागि आफ्नो चलचित्रको प्रदशन मिती रोजे पछी अब आउदो दशै मा मह जोडीको नयाँ चलचित्र,कलाकार निर्माता तथा निर्देशक अशोक शर्माको चलचित्र ‘अल्लारे २’प्रदर्शन मा आउने भएको बताइएको छ ।साथै यि चलचित्र हरुले आउदो दर्शै लाई आ आफ्नो चलचित्रको प्रदशन मिति घोषणा गरिसकेको अवस्थामा दशै लाई नै लक्षित गरी नायिका तथा निर्देशक झरना थापाको चलचित्र ‘ए मेरो हजुर ४’ र निर्देशक रेनेशा वान्तवा राइ को चलचित्र ‘आइ एम ट्वान्टिवान’ पनि दशै को समय पारेर नै प्रदर्शनमा आउने चर्चा चलिरहेको बताइएको छ । साथै समाचार स्रोतका अनुसार चलचित्र छक्का पञ्जा सिरिजका निर्देशक दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्र ‘छक्का पञ्जा ४’ र मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको चलचित्र दशैंको फूलपाती बाट प्रदर्शन मा आउने भएको पनि बताइएको छ ।