26th December 2019

नायिका बिनिता बरालले दिइन छोरी लाई जन्म ।

पौष,१०,२०७६ ।चलचित्र चपली हाइट कि नायिका बिनिता बरालले छोरी लाई जन्म दिएकी छिन ।गएको दशैंमा आफू गर्भवति भएको भन्दै आफ्ना शुभचिन्तकमाझ खुसी साटेकी नायिका विनिता बरालले क्रिसमस डेको अघिल्लो दिन (मंगलबार) छोरीलाई जन्म दिएकी छन् । मंगलबार पहिलो सन्तान को रुप मा छोरी लाई जन्म दिएकी नायिका बिनितले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा अस्पतालको बेडमा छोरी सँग लिइएकोएक तस्बिर साझेदार गर्दै आफु छोरीको आमा भएको जानकारी दिएकी हुन् । साथै नायिका बिनिताले छोरीसँग खिचिएको फोटो को साथम‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन् । प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई यस वर्षको जेठमा विवाहमा परिणत गरेकी नायिका बिनितले छोरीको नाम ‘काया’ राखिएको पनि खुलाएकी छन् । नायिका बिनिता लाई आमा बनेकोमा चलचित्रकर्मी र शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।