25th December 2019

दर्शक बढाउँदै चलचित्र म यस्तो गीत गाउँछु २ को गीत तिम्रो घरको वरिपरिले ।

पौष,९,२०७६ । फाल्गुन २३ गते बाट प्रदशन मा आउन लागेको नेपाली दर्शक हरुको बहु प्रतिक्षित चलचित्र हो म यस्तो गीत गाउछु २ ।दर्शक हरुको पहिलो रोजाइमा पर्न सफल नायिका पुजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको उक्त चलचित्रले निर्माण घोषणा को दिन देखी नै चर्चा बटुल्न सफल भैरहेको छ ।चलचित्र म यस्तो गीत गाउछुका हिट जोडी पुजा र पल का करण पनि चर्चा बटुल्न सफल भैरहेको उक्त चलचित्र लाई लभ स्टोरी चलचित्रको निर्माण र निर्देशन मा सफल मानिएका निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन ।निर्देशक सुदर्शन ले पहिलो चलचित्र मेरो एउटा साथी छ देखी लिएर पछिल्लो प्रदशन मा आएको चलचित्र राम कहाँनी सम्म आइ पुग्दा दर्शक लाई निराशा बनाएका छैनन सायद यही भएर पनि होला उनि निर्देशित चलचित्र म यस्तो गीत गाउछु २ यती बेला बहु प्रतिक्षित बन्न सफल भैरहेको ।साथै निर्देशक सुदर्शन थापाको निर्माण र निर्देशन मा निर्मित चलचित्र हरुले मात्र होईन चलचित्रमा समाबेश गीत संगीतले पनि चर्चा बटुल्न सफल भैरहेको छ ।गत  बर्ष प्रदशन मा आएको चलचित्र म यस्तो गीत गाउछु को गीत संगीत भन्छु आज मन का कुरा र किन आजकल तिम्रो मन मैलो भो ले छोटो समय मै नेपाली दर्शक स्रोता हरुको मन जित्दै छोटो समय मै यु ट्युब को करोड क्लब मा पुग्न सफल भएको थियो ।यस्तै प्रदशन को तयारीमा रहेको चलचित्र म यस्तो गीत गाउछु २को सार्वजनिक गरेको गीत तिम्रो घरको वरिपरिले पनि छिट्टै नै करोड क्लबमा पुग्ने लक्षण देखाएको छ ।निर्माण टिमले चलचित्र को प्रचार प्रसार शुरु गर्दै सार्वजनिक गरेको उक्त गीतले दुइ हप्ता नपुग्दै यो समाचार तयार पार्दा सम्म ३२ लाख भन्दा धेरै भ्युज पाउन सफल भएको छ ।जुन गीत संगीतकार अर्जुन पोखरेल को शब्द संगीत र गायक सोनम तोप्देन र गायिका अश्मिता अधिकारीको स्वर मा तयार भएको छ ।गीत को भिडियोमा नायिका पुजा शर्मा र नायक पल शाहको रोमान्स लाई समेटिएको छ ।नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा सात दिन लगाएर छायाकन गरिएको छ ।नृत्य निर्देशक रामजी लमिछानेको उत्कृष्ट निर्देशनमा तयार भएको तिम्रो घरको वरिपरिको भिडियोको केहि दृढ्य हरुमा पाँच सय जना कोरस हरु लाई समेटिएको छ ।।चलचित्रमा पूजा शर्मा,पल शाह, हरिहर शर्मा,दिनेश, डि,सी, राजा राजेन्द्र पोखरेल, गणेश गिरि,  सोनिका रोकाया लगाएतका कलाकार हरुको अभिनय रहेको छ ।सौरभ लामाको छायाकन रहेको चलचित्रमा रामजी लामिछानेको नृत्य,निर्देशक सुदर्शन थापाको कथा,शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथा,बनिश शाह  र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।