24th December 2019

भारतिय चर्चित गायिका आशा भोस्ले नेपाल आउँदैं ।

पौष,०८,२०७६ ।भारतिय चर्चित गायिका आशा भोस्ले नेपाल आउने भएकी छन ।भारतीय गीत हरुको साथ साथै सयौ सुपर हिट नेपाली गीत संगीतमा पनि आफ्नो सुमधुर आवाज दिनु भएकी गायिका आश भोस्ले साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा बुधबार नेपाल आउन लागेकी हुन ।यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,  गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाउं है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायतका नेपाली गीतहरुमा आफ्नो कर्णप्रिय स्वर दिनु भएकी गायिका आशाले शनिबार संगीतकार रञ्जित गजमेरको संगीतमा तयार भएको केहि गीतहरुमा आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको पनि साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले समाचार स्रोत लाई जानकारी दिएका छन ।साथै सुमधुर स्वर क धनी गायिका आशा लाई नेपालका ३५ जना कलाकार हरुले गायनमा साथ दिने पनि निर्देशक मोक्तानले बताएका छन । यसअघि साधना कला केन्द्रको निमन्त्रणामा भारतीय चर्चित गायक गायिका हरु अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायत कलाकार हरु नेपाल आइसकेका छन् ।नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने बताएका मोक्तानले असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने कार्यक्रम रहेको बताइएका छन ।