22nd December 2019

सार्वजनिक भएको छोटो समय मै चर्चा बटुल्न सफल हुँदै ,चलचित्र आमाको ट्रेलर यु ट्युब को ट्रेण्डिङ १ मा।

पौष,६,२०७६ ।फाल्गुन ९ गते बाट प्रदशनमा आउन लागेको निर्देशक दीपेन्द्र के, खनाल निर्देशित चलचित्र आमाको ट्रेलरले यती बेला चर्चा बटुल्न सफल भैरहेको छ ।चलचित्रको प्रचार प्रसार शुरु गर्दै गत बिहिवार राजधनीमा एक कार्यक्रमको बिच सार्वजनिक गरिएको मर्म स्पर्शी ट्रेलरले यती बेला हरेक नेपाली चलचित्रका दर्शकहरुको मन जित्दै चर्चा बटुल्न सफल भएको हो ।अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्त लाई आमा छोरीको भूमिकामा देख्न पाइने उक्त चलचित्रको सार्वजनिक गरिएको ट्रेलरमा समाबेश संबाद,मन छुने र आखा रसाउने दृश्य का कारण उक्त चलचित्रको ट्रेलरले सार्वजनिक भएको छोटो समय मै चर्चा पाउन सफल भएको हो ।ट्रेलरको साथ साथै चलचित्रमा अभिनय गर्ने कलाकारहरुले पनि प्रशंशनिय चर्चा बटुल्न सफल भैरहेको चलचित्र आमामा ।अभिनेत्री सुरक्षा पन्त र मिथिला शर्माको साथमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।निर्मात्री शर्मिला पाण्डेको निर्माणमा निर्मित चलचित्र आमामा अधिकांश दृश्य पानीमा खिचिएको छ ।छाँयाकन, कथा र निर्देशन दीपेन्द्र के खनालको रहेको उक्त चलचित्रको ट्रेलर लाई गत बिहिवार बुढा सुब्बा म्युजिकको यु ट्युब च्यानल बाट सार्वाजनिक गरिएको थियो ।जुन ट्रेलर लाई यो समाचार तयार पार्दा सम्म ५ लाख भन्दा धेरै पटक हेरिसकिएको छ भने यु टुब को ट्रेण्डिङ को १ न्ं मा आउन पनि सफल भएको छ ।