20th December 2019

नायिका निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा ।

पौष,४,२०७६ ।चलचित्र दक्षिणा बाट अभिनय यात्रा शुरु गरी नेपाली दर्शक हरुको मन जित्न सफल एक समय कि चर्चित र निकै ब्यस्त नायिका निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् ।नेपाली चलचित्र क्षेत्रमा लामो समय विताएकी नायिका निरुता सिंहले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा सानो भिडियो सार्वजनिक गर्दै आफु भारतीय रियालीटी शो ‘इन्डियन आइडल’मा पुगेको  कुरा बताएकी हुन् । पछिल्लो समय मुम्बईमा बस्दै आएकी नायिका निरुता नेपाली नायिकाको रुपमा इन्डियन आइडल शोमा पुगेकी र आफुले इन्डियन आइडल को उक्त शोमा एकदमै राम्रो समय विताएको कुरा पनि उल्लेख गरेकी छिन् । साथै नायिका निरुताले चर्चित गायक उदीत नारायण झाका छोरा आदित्यनारायण झा लाई धन्यवाद दिँदै सामाजिक सञ्जाल मा लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताए । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद ।चलचित्र  दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाई, रहर, आफ्नो मान्छे ,उपहार उपकार ,बन्धकी आफन्त लगाएत दर्जनौ सुपरहिट चलचित्रहरु अभिनय गरेकी नायिका निरुता अभिनित पछिल्लो चलचित्र हरुमा दाल भात तरकारी,५ क्याप्टेन लगाएतका रहेका छन ।