19th December 2019

चलचित्र आमाको ट्रेलर सार्वजनिक ।

पौष,३,२०७६ ।निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र आमाको ट्रेलर लाई आज राजधानीमा एक कार्यक्रमको बिच सार्वजनिक गरिएको छ ।आउँदो फागुन ९ गते, महाशिवरात्रीको अवसर पारेर प्रदशनमा आउन लागेको चलचित्र ‘आमा’को प्रचार प्रसार शुरु गर्दै निर्माण टिमले सम्पुर्ण आमा हरुमा समर्पित गर्दै सार्वजनिक गरेको ट्रेलरमा। आमा र छोरी बिचको माया प्रेम र सेण्टिमेण्ट, छोरा र छोरी बिच भिन्नता, एक छोरीले आफ्नो बाबु लाई बचाउनु गरेको संघर्ष र बाबुको मृत्यु पछी छोराले गर्नु पर्ने कर्म छोरीले गरेको जस्ता मार्मिक दृष्य हरु लाई समेटिएको छ ।चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमा छोरीको भूमिकामा देखिएका  छन्।निर्मात्री शर्मिला पाण्डेको निर्माणमा निर्मित चलचित्र आमामा निर्देशक दिपेन्द्र के, खनालको लेखन तथा छायाँकन रहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्र ‘आमा’ आमा र छोरीको कथामा निर्माण भएको छ ।चलचित्रमा मिथिला र सुरक्षाको अलवा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायत कलाकार हरुको मुख्य भूमिका रहेको छ ।