15th December 2019

कलाकार दीपक क्षेत्रीको ५८ बर्षमा निधन ।

मंसिर,२९,२०७६ ।चलचित्र ‘जीवनदान,सिमाना,सेतो सूर्य,राज्जा रानी,मसान,झोला लगायतका चलचित्र हरुमा अभिनय गरेका कलाकार दीपक क्षेत्रीको ५८ बर्षमा निधन भएको छ ।समाचार स्रोतका अनुसार सयभन्दा बढी नेपाली चलचित्र हरुमा अभिनय गरेर लाखौ दर्शक हरुको मन जित्न सफल कलाकार दीपक क्षेत्री लाई आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएको बताइएको छ। साथै समाचार स्रोत लाई कलाकार उत्तम केसीले बताए अनुसार्- ‘शुक्रबार साँझ एक चलचित्रको स्वरांकन सकेपछि उहाँ (दीपक क्षेत्री) डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुत्नु भएको रहेछ । शनिबार बिहान उहाँको छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा उहाँलाई मृत अवस्थामा भेटिएको बताइएको छ ।लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित कलाकार दीपक क्षेत्रीको गतबर्ष मात्र स्वर नलीको शल्यक्रिया गरिएको थियो । कलाकार क्षेत्रीकी श्रीमती विपना बस्नेत मलेसिया रहेका कारण उनको अन्तेष्टी आइतबार मात्र गरिने पनि बताइएको छ ।