13th December 2019

छोटो समय मै चर्चा बटुल्न सफल चलचित्र म यस्तो गीत गाउँछु २ को पहिलो गीत तिम्रो घरको वरिपरिले।

मंसिर,२७,२०७६ ।चलचित्र म यस्तो गीत गाउछु को सफलता पछी निर्देशक सुदर्शन थापाले निर्माण गरेको चलचित्र म यस्तो गीत गाउछु २ को सार्वजनिक गरिएको गीत तिम्रो घरको वरिपरिले छोटो समय मै चर्छ बटुल्न सफल भएको छ ।नायिका पुजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको फाल्गुन २३ गते बाट प्रदशनमा आउन लागेको चलचित्र म यस्तो गीत गाउँछु २ को उक्त गीत लाई चलचित्रको प्रचार प्रसार गर्दै हिजो बिहिवार मंसिर २६ गते सार्वजनिक गरिएको थियो ।चलचित्रको को प्रचार प्रसार शुरु गर्दै निर्माण टिमले सार्वजनिक गरेको उक्त गीत लाई यो समाचार तयार पार्दा सम्म ५ लाख भन्दा धेरै  पटक हेरी सकिएको छ भने यु ट्युब को ट्रेण्डिङको १८ औ स्थान मा आउन सफल भएको छ ।चर्चित संगीतकार अर्जुन पोखरेल को शब्द संगीत र गायक सोनम तोप्देन र गायिका अश्मिता अधिकारीको स्वर रहेको उक्त गीतको भिडियो लाई नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा सात दिन लगाएर छायाकन गरिएको छ ।नृत्य निर्देशक रामजी लमिछानेको उत्कृष्ट निर्देशनमा तयार भएको तिम्रो घरको वरिपरिको भिडियोको केहि दृढ्य हरुमा पाँच सय जना कोरस हरु लाई समेटिएको छ ।।चलचित्रमा पूजा शर्मा,पल शाह, हरिहर शर्मा,दिनेश, डि,सी, राजा राजेन्द्र पोखरेल, गणेश गिरि,  सोनिका रोकाया लगाएतका कलाकार हरुको अभिनय रहेको छ ।सौरभ लामाको छायाकन रहेको चलचित्रमा रामजी लामिछानेको नृत्य,निर्देशक सुदर्शन थापाको कथा,शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथा,बनिश शाह  र मिलन श्रेष्ठको सम्पादन रहेको छ । साथै चलचित्र म यस्तो गीत गाउछु २ को गीतले छोटो समय मै चर्चा बटुल्न सफल भैरहेको हेर्दा उक्त गीत संगीतले पनि निर्देशक सुदर्शन को अघिल्लो चलचित्र म यस्तो गीत गाउछु को गीत संगीतले झै यस गीतले पनि नेपाली दर्शक स्रोता हरुको मन जित्दै छोटो समय मै यु ट्युब को करोड क्लब मा पुग्न सफल हुने अनुमान लगाउन सकिन्छ ।