11th December 2019

चलचित्र म यस्तो गीत गाउँछु २ को पहिलो गीत तिम्रो घरको वरिपरी सार्वजनिक हुँदै ।

मंसिर,२५,२०७५ ।निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्मित चलचित्र म यस्तो गीत गाउछु गएको बर्ष प्रदशन मा आएको थियो ।जुन चलचित्रले त्यस समय नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्दै सफल ब्यापार ब्यवसाय गरेको थियो ।नायिका पुजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको उक्त चलचित्रले लामो समय देखी नेपाली चलचित्रको बजार मा लाग्दै आएको खडेरी लाई चिर्न पनि सफल भएको थियो ।चलचित्र म यस्तो गीत गाउछु ले सफल ब्यापार गर्नुका  साथै चलचित्रमा समाबेश गीत संगीत भन्छु आज मन का कुरा , किन आजकल तिम्रो मन मैलो भो ले पनि नेपाली दर्शक स्रोताहरुको मन जित्न सफल भएको थियो ।जुन गीत संगीत यु ट्युब मा छोटो समय मै करोड क्लब मा पुग्न सफल भएको थियो ।यसै शिलशिलामा चलचित्र म यस्तो गीत गाउछु को सफलता पछी निर्देशक सुदर्शन थापाले निर्माण गरेको चलचित्र म यस्तो गीत गाउछु २ को छायाकन सम्पन्न भै हाल सम्पादन कार्य मा रहेको छ ।फाल्गुन २३ गते लाई प्रदशन मिती तय गर्दै फ्लोर मा गएको चलचित्र म यस्तो गीत गाउछु को निर्माण टिमले चलचित्रको प्रचार प्रसार शुरु गर्दै भोली बिहिवर मंसिर २६ गते चलचित्रमा समाबेश पहिलो गीत तिम्रो घर को वरिपरी सार्वजनिक गर्दै छ ।संगीतकार अर्जुन पोखरेल को शब्द संगीतमा तयार भएको उक्त गीतमा सोनम तोप्देन र गायिका अश्मिता अधिकारीको स्वर रहेको छ ।चलचित्रमा समाबेश पहिलो गीत तिम्रो घरको वरिपरी लाई भोली बिहिवर सार्वजनिक गरिन लागेको जानकारी चलचित्रकी निर्मात्री समेत रहेकी नायिका पुजा शर्माले सामाजिक सञ्जाल मार्फत दिएकी हुन ।