10th December 2019

नायिका ऋचाले बिवाहको तस्बिर सामाजिक सञ्जाल बाट सार्वजनिक गरिन ।

मंसिर,२,२०७६ ।गत शनिबार मंसिर २१ गते प्रेमी दिपेक्ष विक्रम राणासँग लगनगाँठो कसेकी नायिका ऋचाले दुलहीको भेषमा सजिएको तस्विर दिनहुँ सामाजिक सञ्जालमा साझेदार गरिरहेकी छन् ।आउदो बिहिवार मिडिया, चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि बिहे पार्टीको आयोजनामा जुटिरहेकी नायिका ऋचाले मंगलबार पनि सामाजिक सञ्जाल फेसबुकमा ‘सेलिब्रेटिङ ह्याप्पीनेश’ भन्दै भुईंसम्म घिस्रिएको रातो लेहंगामा सजिएको तस्विरहरु सार्वजनिक गरेकी छन् । जसमा उनको सिउँदो सिन्दुरले रंगिएको छ ।नायिका ऋचाले यस अघी शनिबार श्रीमानको हात समातेको तस्विर फेसबुकमा साझेदार गर्दै आफ्ना शुभचिन्तकलाई जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् भन्दै लेखेकी थिइन ।करिब १३ बर्षा गाडी प्रदशन मा अएको चलचित्र‘फस्ट लभ’ बाट अभिनय यात्रा शुरु गरेकी नायिका ऋचा शर्मा प्रेम मा रमाइ रहेको कुरा गएको बैशाखमा मात्र खुलेको थियो । शनिबार दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिन् ।  दिपेक्ष विक्रम राणासँग लगनगाँठो कस्नु अघी ब्याचल पार्टी दिएकी  नायिका ऋचा अब करीब एक महिना पारिवारिक भेटघाट र घुमघाममा व्यस्त रहने पनि स्रोतले बतएको छ ।नायिका ऋचाले बैबाहिक जीवनमा बाँधिनु अघी चलचित्र‘हिजो आजका कुरा’ को छायांकन सम्पन्न गरेकी छिन भने यस को साथ साथै  टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायक को भूमिकामा पनि व्यस्त छन् ।