09th December 2019

नायिका केकी अधिकारी चलचित्र झिंगे दाउको छाँयाकनमा ।

मंसिर,२३,२०७६ ।केहि दिन अघी मात्र चलचित्र चालबाज मा अनुबन्धित भएकी नायिका केकी अधिकारी चलचित्र झिंगे दाउको छाँयाकनमा ब्यस्त हुन पुगेकी छिन ।चलचित्रमा गर्ने जिवन्त अभिनयको कारण नेपाली दर्शक हरुको मन जित्दै आएकी नायिका केकी अधिकारी । अमेरिकामा आयोजना भएको एक अवार्ड कार्यक्रम र नायिका ऋचा शर्माको बिहे सकेपछि चलचित्र ‘झिंगे दाउ’को छायांकनमा जोडिएकी हुन । साथै निर्देशक ज्ञानेन्द्र देउजाको निर्माण र निर्देशन मा बन्न लगेको उक्त चलचित्रमा नायिका केकी अधिकारीलाई  भिन्न भूमिकामा देख्न सकिन्छ । चलचित्रमा अर्की नायिका आँचल शर्मा लाई जस्तै नायिका केकीलाई पनि दर्शक हरुले फरक लुक्समा देख्न पाउनेछन् ।यस अघी नायिका केकी अधिकारीलाई यस्तै रुप मा चलचित्र‘मसान’ मा हेर्न पाएका थिए ।नायिका केकी अधिकारी, आँचल शर्मा, चलचित्र बुलबुलका अभिनेता मुकुन भुषालको मुख्य भूमिका रहेको चलचित्र झिंगे दाउ को छाँयाकन यती बेला भकुेन्डेबेसीमा निर्माण गरिएको सेटमा छायांकन भैरहेको छ । सामाजिक कथामा निर्माण हुन लागेको चलचित्र झिंगे दाउ मा नायिका केकी आँचल र अभिनेता मुकुनको  भूमिकाले दर्शक हरु लाई उत्साहित बनाउने मा आफु आशाबादी रहेको चलचित्रका प्रस्तुत कर्त समेत रहेका निर्देशक ज्ञानेन्द्र देउजाले स्रोत लाई बताएको छ ।