06th December 2019

आज शुक्रबार मंसिर २० गते बाट चलचित्र ‘माछा माछा’ माया पिरिम प्रदशनमा।

मंसिर,२०,२०७६ ।आज मंसिर २० गते शुक्रबार बाट नेपाली दर्शकहरु माझ एक साथ दुइ नेपाली कथानक चलचित्र प्रदशनमा आएका छन ।प्रत्यक शुक्रबार नयाँ नयाँ नेपाली चलचित्रहरु प्रदशनमा आइरहेको समयमा आज बाट प्रदशनमा आउने ति दुइ चलचित्रहरुमा अभिनेता सौगात मल्ल र अभिनेत्री नम्रता श्रेष्ठ अभिनित चलचित्र माछा माछा र अभिनेता कोशिश क्षेत्री र नव-अभिनेत्री किरण चन्द अभिनित चलचित्र माया पिरिम रहेका छन ।साथै फरक फरक जनरामा निर्माण भएका यि दुई नेपाली चलचित्रहरुमा चलचित्र माछा माछा क्राइम-कमेडी जनरामा निर्माण भएको छ भने चलचित्रमा निर्देशक सुनिल गुरुङको निर्देशन रहेको छ ।त्यसै गरी आजै बाट प्रद्शनमा आएको अर्को चलचित्र माया पिरिममा निर्देशक टेक पौरखी राईको निर्देशनमा निर्माण भएको छ ।लभस्टोरी जनरामा निर्माण भएको चलचित्र ‘माया पिरिम’मा कोशिश क्षेत्री र नव-अभिनेत्री किरण चन्द, विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायत कलाकार हरुको अभिनय रहेको छ । त्यसै गरी चलचित्र ‘माछा माछा’ मा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठको प्रमुख भूमिका रहेको छ । रामबाबु गुरुङ र दयाहाङ राईको निर्माण र सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्र ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की रहेक छन् ।चलचित्र  अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको नृत्य रहेको छ ।