05th December 2019

नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित चलचित्र सम्झना बिर्सनाको छाँयाकन भारतको सिलिगुडीमा हुँदै।

मंसिर,१९,२०७६ ।निर्देशक सुदर्शन थापाको निर्माण र निर्देशनमा निर्माण भएको चलचित्र म यस्तो गीत गाउछु २ को छायाकन सम्पन्न गरी यती बेला नायिका पुजा शर्मा चलचित्र सम्झना बिर्सनाको छाँयाकन मा ब्यस्त हुन पुगेकी छिन ।चलचित्र म यस्तो गीत गाउछु २ मा नायक पल शाह सँग जोडी बाधेकी नायिका पुजाले चलचित्र सम्झना बिर्सनामा अर्का नायक आकाश श्रेष्ठ सँग जोडी बाधेकी छिन ।नायिका पुजा र नायक आकाश श्रेष्ठ को यो चौथो चलचित्र हो ।यस अघी उनि हरुले चलचित्र राम कहाँनी, पोइ पर्यो काले र सम्हालिन्छ कहिले मन मा संग सँगै अभिनय गरिसकेका छन ।चलचित्र राम कहाँनी र पोइ पर्यो् काले प्रदशन मा आइ सकेको छ भने सम्हालिन्छ कहिले मन प्रदशनको पर्खाइमा रहेको छ ।यसै शिलशिलामा चलचित्र सम्झना बिर्सनाको छाँयाकन मा ब्यस्त हुन पुगेकी नायिका पुजा शर्माले आफ्नो चलचित्रको नाम र लुक्स सार्वजनिक गरेकी छिन् ।नायिका पुजा शर्मा चलचित्र सम्झना बिर्सनामा ‘संझना’को भूमिकामा देखिएकी छिन् भने उनले सार्वजनिक गरेको तस्बिरमा पूजा कुनै तस्बिरमा लजालु यूवती कुनै तस्बिरमा एङ्ग्री अवतारमा देखिएकी छिन् । निर्देशक निमेष प्रधानको निर्देशन र आदित्य प्रधान र रेविका प्रधान लगानीमा निर्माण भैरहेको उक्त चलचित्रको छाँयाकन यती बेला भारतको सिलगुडीमा धमाधम चलिरहेको छ । साथै नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा, कलाकार शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका रहेको उक्त चलचित्रको पूजाको लुक्स सार्वजनिक भए सगै नेपाली चलचित्र प्रेमी दर्शक हरु माझ उक्त चलचित्र प्रती कौतुहलता पैदा गरेको छ ।  साथै उक्त चलचित्रको छाँयाकन सिलगुडीपछि दार्जिलिङ्ग र सिक्किममा हुने बताइएको छ ।