04th December 2019

चलचित्र लभ यु हमेशाको नयाँ गीत सार्वजनिक ।

मंसिर,१७,२०७६ ।प्रदशनरत चलचित्र लभ यु हमेशा गीत लाई निर्माण टिमले सार्वजनिक गरेको छ ।गत हप्ताको मंसिर १३ गते शुक्रबार बाट नेपाली चलचित्रको घरेलु बजार आ प्रदशन मा आएको अभिनेता यशअराज गरच, गोपाल ढकाल, ऋचा थापा, फिजा योञ्जन, निराजन मेहता लगायत कलाकारको अभिनय रहेको चलचित्र ‘लभ यु हमेशा’मा समाबेश गीत ‘सुखको जुनी’ बोलको गीत लाई सार्वजनिक गरेको छ । सार्वजनिक उक्त गीत मा उदय सोताङको स्वर,भास्कर प्रधान (भासु) को शब्द तथा संगीत र कमल राईको नृत्य निर्देशन रहेको छ । भिडियो यशराज गरच माथी छायाकन गरिएको छ ।निर्देशक भास्कर प्रधानको लेखन तथा निर्देशन रहेको चलचित्र लभ यु हमेशामा यवन गुरुङको लगानी रहेको छ । धर्मा क्रिएसनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रका सहनिर्मातामा मिलन गुरुङ रहेका छन । भारतको दार्जिलिङ, कालेबुङ, काठमाडौ र फिलिपिन्नसमा छायाकन गरिएको उक्त चलचित्रमा शिव ढकाललेको छायाकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।