03rd December 2019

मर्ने कसै लाई रहर हुँदैन का गायक प्रेम परियार अब नायक बन्दै ।

मसिंर,१७,२०७६ ।निर्देशक बिकास राज आचार्यको निर्माण र निर्देशनमा निर्माण भएको चलचित्र ‘नाई न भन्नु ल २’मा ।समाबेश गीत ‘मर्ने कसैलाई रहर हुँदैन’मा स्वर दिएपछि बाल गायकको रुपमा चर्चामा आएका गायक प्रेम परियार अब नायक बन्ने भएका छन ।मलेखुमा गीत गाएको सानो भिडियोले सामाजिक सञ्जालमा चर्चा पाएपछि कलाकार तथा निर्देशक शिशिर रानाले राजधानी ल्याएर संरक्षण दिए पछी उनले संगीतकार बसन्त सापकोटाको संगीतमा तयार भएको उक्त गीत मर्ने कसै लाई रहर हुँदैन गाउने मौका पाएका थिए ।गायक बाट नायक बन्न लागेको प्रेम परियार को डेब्यु चलचित्रको नाम ‘पर्खि बसे फर्कि आउछु’ रहेको छ ।साथै प्रेमले नायकको रुपमा डेव्यु गर्न लागेको उक्त चलचित्रको सोमबार दाङ तुलसीपुरमा मुहूर्त गरिएको छ।निर्देशक राज बहादुर सानेको निर्देशनमा बन्न निर्माण हुन लागेको उक्त चलचित्रको मुर्हत सगै सोमबारबाटै छायांकन पनि सुरु भएको छ । पुर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक गिरीको प्रमुख आतिथ्य रहेको उक्त चलचितरको मुहूर्तमा चलचित्रका प्रमुख पात्र कलाकार प्रेम परियार, समिक्षा बस्नेत र देव सागरले मुर्हत सर्ट दिएका थिए ।लभ स्टोरी जनरामा बन्न लागेको उक्त चलचित्रको प्रस्तुतकर्तामा रोशन कुमार थापा रहेका छन भने निर्मातामा यम कान्त भण्डारी र सह निर्माता मा एकराज थापा रहेका छन् । चलचित्रमा प्रेम परियार, समिक्षा बस्नेत र देव सागरसँगै पदम तामाङ, सुशिल गौतम, सुशिल पोखरेल, दिपक थापा, शुभम गौतम, डा ।लोकराज पराजुली, हेमराज विसी लगायत कलाकार हरुको अभिनय रहने छ ।