02nd December 2019

चलचित्र 'घर' यु ट्युब को ट्रेण्डिङको दोस्रो स्थानमा । 

मसिंर,१६,२०७६ ।गएको साउन महिनाको ३ गते बाट नेपाली चलचित्रको घरेलु बजार मा प्रदशन मा आएको ।नेपाली कथानक हरर चलचित्र 'घर'ले यु ट्युब मा नेपाली दर्शक हरुको मन जित्न सफल भएको छ । सिनेमा हलमा प्रदशनमा आएको केहि महिना पछी नै यु ट्युब बाट सार्वजनिक गरेको उक्त चलचित्र यु ट्युब को ट्रेण्डिङको दोस्रो स्थानमा आउन पनि सफल भएको छ ।गत शुक्रबार बुढा सुब्बा म्युजिक को यु ट्युब च्यालन बाट सार्वजनिक गरिएको उक्त चलचित्र लाई यु ट्युब मा यो समाचार तयार पार्दा सम्म ५ लाख ५० हजार भन्दा धेरै पटक हेरी सकिएको छ ।प्रदशनको समयमा पनि सुखद ब्यापार गरेको चलचित्र घरमा अर्पण थापा,सुरक्षा पन्त,बेनिशा हमाल लगाएत कलाकार हरुको अभिनय रहेको छ ।चलचित्र घरमा निर्मात्री शर्मिला पाण्डेको लगानी र निर्देशक अर्पण थापाको लेखन तथा निर्देशन रहेको छ ।