01st December 2019

चर्चा बटुल्दै अभिनेता बिराज भट्टको निर्माण निर्देशन र अभिनय रहेको चलचित्र साङ्लो गीत चरिले काफल टिप्योले ।

मसिंर,१५,२०७६ ।एक्सन नायक बिराज भट्टको निर्माण र निर्देशनमा निर्मित चलचित्र साङ्लोको सार्वजनिक गरिएको गीत चरिले काफल टिप्योले छोटो समय मै नेपाली गीत संगीत प्रेमी दर्शक स्रोता हरुको मन जित्दै चर्चा बटुल्न सफल भएको छ ।अभिनेता विराज भट्टको निर्माण र निर्देशनको साथ साथै अभिनय पनि रहेको चलचित्र साङ्लोको सार्वजनिक भएको पहिलो गीत ‘चरीले काफल टिप्यो’ बोलको गीतमा विराजलाई पुर्व मिस नेपाल निकिता चन्दकले साथ दिएकी छिन् । माघ २४ गते बाट प्रदशनमा आउन लागेको उक्त चलचित्रको सार्वजनिक गरिएको गीत चरिले काफल टिप्यो लोक लयको गीतमा संगीतकार राजनराज सिवाकोटीको स्वर, शब्द तथा संगीत रहेको छ । संगीतकार राजनराज लाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छिन् । भिडियो लाई नृत्य निर्देशक कविराज गहतराजले निकै सुन्दर तरिकाले निर्देशन गरेका छन ।नेपाली चलचित्रमा छाइरहेको समयमा भोजपुरी चलचित्र हरुमा ब्यस्त हुन पुगेका अभिनेता बिराजले लामो समय पछी पुन कम ब्याक गरेका चलचित्र साङ्लो को सार्वजनिक गरिएको यो गीत लाई यु ट्युब मा छोटो समय मै करिब ९ लाख पटक हेरी सकिएको छ भने यु ट्युब को ट्रेण्डिङ नौ मा आउँन पनि सफल भएको छ ।शिवम अधिकारीको लेखन,मानकृष्ण श्रेष्ठको छाँयाकन्,श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको चलचित्र साङ्लो मा बिराज भट्ट, निकिता चन्डक, जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह्, आर्,पि, पन्त, लय सङ्रौला, अमित गिरि, शिशिर भण्डारी, रमेश सोदारी, भिष्मा जोशी लगाएत कलाकार हरुको अभिनय रहेको छ।