21st November 2019

पुजा र आकाशको  पाँचौ चलचित्र ‘मन परेसी पर्‍यो पर्‍यो’। 

मंसिर,५,२०७६ । यती बेला नेपाली चलचित्रको बजारमा नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीको चर्चाले बजार पाइरहेको छ ।निर्देशक सुदर्शन थापाको निर्माण र निर्देशनमा निर्मित चलचित्र रामकहानीमा एक साथ सँगै देखिएका यि नायक नायिकाले त्यस पछी चलचित्र पोइ पर्‍यो काले,सम्हालिन्छ कहिले मन र समझना बिर्सना मा एक अर्काको जोडी बनेर अभिनय गरिसकेका छ ।यि मध्य चलचित्र पोइ पर्‍यो काले प्रदशन मा आइसकेको छ भने चलचित्र सम्हालिन्छ कहिले मन को छायाकन सम्पन भैप्रदशन को तयारीमा रहेको छ ।त्यसै गरी चलचित्र सम्झना बिर्सना भने निर्माण को क्रम मा रहेको छ ।नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठ ले पहिलो पटक सहकार्य गरेको चलचित्र‘रामकहानी’बक्सअफिसमा सफल भए पछी उनीहरुको यो जोडीलाई दर्शकले निकै रुचाइएको छ ।एक पछी  अर्को गर्दै नयाँ नयाँ चलचित्रमा अनुबन्धित भैरहेका यो जोडी लाई चलचित्र ‘जय शम्भु’का निर्देशक रुपेश थिङ तामाङको निर्देशन मा बन्न लागेको नयाँ चलचित्र ‘मन परेसी पर्‍यो पर्‍यो’ मा सँगै देखिन पाइने भएको बताइएको छ ।समाचार स्रोतका अनुसार रघु परियारको निर्माणमा निर्माण हुन लागेको चलचित्र ‘मन परेसी पर्‍यो पर्‍यो’ मा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा लाई बुधबार अनुबन्ध गरिएको पनि बताइएको छ ।फोर्थ आइज् मुभीज प्रालि र डिविआर मिडियाको ब्यानरमा निर्माण हुन लगेको उक्त चलचित्रको छाँयाकन पुषको अन्तिम साताबाट शुरु हुने पनि बताइएको छ ।चलचित्रमा नायिका पुजा र नायक को साथमा बुद्धि तामाङ, किरण श्रेष्ठ, कालु रानाको अभिनय रहनेछ ।साथै चितवन र कालिञ्चोकमा छायांकन हुने बताइएको चलचित्र‘मन परेसी पर्‍यो पर्‍यो’को निर्माण टिमले उक्त चलचित्र फ्लोर जानु अगावै आउँदो चैत २८ गतेलाई प्रदशन मिती तय गरेको छ । जुन मितिमा यस अघी नै नायिका पुजा शर्मा लाई स्टार नायिका को रुप मा परिचित गराउन सफल चलचित्र प्रे गीत को सिरिज प्रेम गीत ३ ले प्रदशन मिती सार्वजनिक गरिसकेको छ । प्रेमकथामा आधारित भएर बन्न लागेको नयिका पुजा र नायक आकाशको  पाँचौ चलचित्र ‘मन परेसी पर्‍यो पर्‍यो’मा अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने र श्रीकृष्ण बर्देवाको संगीत रहने पनि बताइएको छ ।