20th November 2019

चलचित्र लभ यु हमेशाको नयाँ गीत यो हावा किन चल्छ सार्वजनिक ।

मंसिर,४,२०७६ ।चलचित्र लभ यु हमेशाको नयाँ गीत सार्वजनिक भएको छ ।यस अघी निर्माण टिमले चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरेको चलचित्र को शिर्ष गीतले चर्चा बटुल्न सफल भैरहेको समयमा चलचित्रको निर्माण टिमले राजधनीमा एक कार्यक्रम को आयोजन गर्दै चलचित्रमा समाबेश दोस्रो गीत यो हावा किन चल्छ सार्वजनिक गरेको हो ।त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्र ‘लभ यु हमेशा’ सार्वजनिक भएको उक्त गीत मा भासु को शब्द संगीत,गायिका मेलिना राइ र गायक सुदिर राइ को आवाज रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ भिडियोमा नायक यशराज गरच र नायिका ऋचा थापाको रोमाञ्टिक भाव लाई प्रस्तुत गरिएको छ।मंसिर १३ गते बाट प्रदशन मा आउन लागेको उक्त चलचित्र सार्वजनिक गीत लाई फिलिपिन्सको समुन्द्री तटमा छायाकन गरिएको छ ।भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा छायाकन गरिएको उक्त चलचित्र लाई निर्माता यवन गुरुङले निर्माण गरेका छन्। निर्देशक भाष्कर प्रधान निर्देशित चलचित्र लभ यु हमेशामा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा शिब ढकालको छायाकन्, भासुको संगीत, कमल राई र रामजी लामीछानेको नृत्य र एनबी महर्जनका द्वन्द्व निर्देशन रहेको छ ।साथै चलचित्रको सह निर्मातामा मिलन गुरुङ रहेका छन् ।