19th November 2019

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह लाई जन्म दिन र नयाँ चलचित्रको लागी शुभकामना।

मंसिर,३,२०७६ । यती बेला नेपाली चलचित्रको बजारमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको छुट्टै पहिचान बनी सकेको छ ।सदाबहार नायक भुवन के,सीको निर्माण र निर्देशनमा निर्मित चलचित्र ‘ड्रिम्स’ बाट नेपाली रजतपटमा भुवन का छोरा अहिलेका नेपाली चलचित्रका स्टार नायक अनमोक के,सीको साथमा डेब्यु गरेकी उनले पहिलो चलचित्र बाट नै उदाउदो स्टार नायिकाको उपमा पाउन सफल भएकी थिइन ।साथै यती बेला नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्दै चलचित्रको बजारमा ‘नम्बर वान नायिका’ को उपाधि पाइ रहेकी नायिका साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’पछी नायक आर्यन सिग्देलको साथमा चलचित्र कायरा, नव नायक धिराज मगरको साथमा इण्टु मिण्टु लण्डन मा, नायक पुष्पको साथमा चलचित्र मंगलम र मारुनी,नव नायक अंकित शर्माको साथमा रातो टिका निधार मा नायक आकाश श्रेष्ठको साथमा तिमी सँग, त्यसै गरी नायक सलिनमान बनियाँ सँग चलचित्र‘ए मेरो हजुर २ मा अभिनय गरी सकेकी छिन ।जुन चलचित्र हरु बाट नायिका साम्राज्ञीले नेपाली दर्शक हरुको मन जित्न सफल भएकी छिन भने उक्त चलचित्र हरुले सफल ब्यापार ब्यवसाय गर्न पनि सफल भएको छ ।यसै शिलशिलामा पछिल्लो समय चलचित्रमा गरेको अभिनयको कारण होस वा आफ्नो व्यक्तिगत कारण ले होस नेपाली चलचित्रको मिडियामा छाइरहेकी नायिका साम्राज्ञीले २५ औ बसन्तमा प्रबेश गरेकी छिन । साथै वि,स, २०५२ साल मंसिर २ गते बुबा महेशविक्रम शाह र आमा नेहा राज्यलक्ष्मी शाहको कोखबाट जन्मिएकी साम्राज्ञी यती बेला नेपाली चलचित्रको बजार मा सबैभन्दा महँगी र डिमान्डेड नायिका मा पर्दछिन । समाचार स्रोतका अनुसार उनले एक चलचित्रमा अभिनयाँ गरे बापत पारिक्षमिक स्वरुप १६ लाख बुझ्दै आएकी पनि बताइएको छ।चलचित्र ‘ड्रिम्स’ देखी ‘रातो टीका निधारमा’सम्म आइ पुग्दा छुट्टा छुट्टै नायक हरु सँग काम गर्दै आएकी साम्राज्ञी ले अब चाँडै नै अर्का स्टार नायक प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्दैछिन् । जुन चलचित्र लाई निर्देशक हेमराज विसीले निर्देशन गर्दै छन ।छोटो समय मै लोभलाग्दो स्टारडम बनाउना सफल भएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह लाई जन्म दिन र नयाँ चलचित्रको लागी शुभकामना।