18th November 2019

माघ १७ गते देखी नेपाली कथानक चलचित्र ‘दि कर्मा’ प्रदशन मा आउने ।

मंसिर्,२,२०७६ । नेपाली चलचित्रको घरेलु बजारमा माघ १७ गते देखी नायिका परमिता आरएल राणा अभिनित नेपाली कथानक चलचित्र ‘दि कर्मा’ प्रदशन मा आउने भएको  छ । चलचित्र ‘दि कर्मा’को निर्माण टिमले चलचित्रको अफिसियल पोस्टर सार्वजनिक गर्दै माघ १७ गते लाई चलचित्रको प्रदशनी मिती तय गरेको हो । निर्माता जय राज रायको निर्माण र निर्देशक देव कुमार श्रेष्ठको निर्देशनमा निर्मित उक्त चलचित्र नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आहारित रहेर निर्माण भएको  बताइएको छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र ‘दि कर्मा'मा निर्माता जय राज रायको कथा रहेको छ। भारतिय कलाकार करण वर्मा को  पनि अभिनय रहेको उक्त चलचित्रमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।श्रीदेव बि ,एल  र निशा खतिवडाले निर्माता जय राज राय सँग  सहकार्य गरेर निर्माण गरेको उक्त चलचित्रको सह निर्माताको रुपमा शारदा खड्का अर्याल रहेका छन् ।रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रमा शुशील पोखरेलको पटकथा तथा संवाद रहेको छ ।साथै समाचार स्रोतका अनुसार नेपाल रिलीजसँगै उक्त चलचित्र लाई जापान, हङकङ, थाईल्याण्ड, म्यानमार, मलेशिया लगाएत विभिन्न खाडी मुलुकहरुमा पनि प्रदशन गर्ने तयारीमा निर्माण टिम रहेको  चलचित्रका निर्माता श्रीदेवले बताएको बताइएको छ ।