17th November 2019

चलचित्र म यस्तो गीत गाउँछु २ को ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको छायांकन सम्पन्न ।

मंसिर,१,२०७६ ।निर्देशक सुदर्शन थापाको निर्माण र निर्देशनमा निर्माण भै रहेको चलचित्र म यस्तो गीत गाउँछु २ को छाँयाकन यती बेला तिब्र गतिमा भै रहेको छ ।साथै नायिका पुजा शर्मा र नायक पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु ’को सफलता पछी निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गर्न लागेको म यस्तो गीत गाउँछु २ मा समाबेश ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको छायांकन पनि सम्पन्न भएको छ ।नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका रमणिय स्थान हरुमा करिब ७ दिन लगाएर छायांकन गरिएको उक्त गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।सोनम तोप्देन र गायिका अस्मिता अधिकारीको स्वर रहेको उक्त गीतको भिडियो लाई रामजी लामिछानेले निर्देशन गरेका छन । नायिका पूजा शर्मा र नायक पल शाह लाई रोमान्टिक भावमा प्रस्तुत गरिएको उक्त गीतको भिडियो लाई सौरभ लामाले खिचेका छन । साथै समाचार स्रोतका अनुसार ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको भिडियोमा करिब ५ सय कोरस लाई समावेश गरिएको पनि चलचित्रका निर्देशक थापाले समाचार स्रोत लाई जानकारी दिएका छन । दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि अभिनय रहेको चलचित्र म यस्तो गीत गाउछु २ फागूणको २३ गतेबाट प्रदशन मा आउँदै छ ।सांगीतिक प्रेमकथामा निर्माण भएको चलचित्रको छायांकन सम्पन्न हुन अझ्झै १५ दिन लाग्ने निर्माणपक्षले बताएको पनि बताइएको छ ।निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा निर्माता रहेको उक्त चलचित्र को सह निर्मातामा जन्मजय साम्पाङ राइ रहेका छन् । यसै गीत बाट चलचित्रको प्रचार प्रसार शुरु गर्ने तयारीमा निर्माण टिम रहेको पनि बताइएको छ ।चलचित्रमा शिवम अधिकारीको लेखन रहेको छ ।