17th November 2019

चलचित्र ‘ए मेरो हजुर ४’मा नायक अनमोल र नायिका सुहानाको जोडी बाधिने पक्का ।

मंसिर,१,२०७६ ।चलचित्र ए मेरो हजुर २ र ३ को सफलता पछी अब नायिका तथा निर्देशक झरना थापाले चलचित्र ए मेरो हजुर ४ को तयारीमा जुटेकी बताइएको छ ।गएको बर्ष प्रदशन मा आएको नायक अनमोल के,सी र नायिका तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले नेपाली रजतपट मा डेब्यु गरेको चलचित्र ए मेरो हजुर ३ ले त्यस समय नेपाली दर्शक हरुको मन जित्दै नेपाली चलचित्रको घरेलु बजारमा सुखद ब्यापार गर्न सफल भएको थियो ।जुन चलचित्र बाट डेब्यु नायिका सुहना थापाले पनि राम्रै चर्चा बटुल्न सफल भएकी थिइन ।यसै क्रम मा अब नायिका तथा निर्देशक झरना थापा का पती निर्माता सुनिलकुमार थापाको निर्माणमा चलचित्र ‘ए मेरो हजुर ४’बन्ने भएको बताइएको हो। साथै नायिकाको रुपमा चलचित्र ए मेरो हजुर ३ कि नायिका सुहाना थापा लाई फाइनल गरिसकिएको उक्त चलचित्रमा  चलचित्र ए मेरो हजुर ३ का नायक अनमोल के,से लाई फाइनल गरेको निर्माणपक्षले समाचार स्रोत लाई बताएको छ ।समाचार स्रोतका अनुसार शनिबार उक्त चलचित्रका लागी नायक अनमोल सँग  निर्माणपक्षले कागजी संझौता गरेसँगै चलचित्र ‘ए मेरो हजुर ४’मा नायक अनमोल र नायिका सुहानाको जोडी बाधिने पक्का भएको बताइएको छ ।प्रेमकथामै आधारित रहेर निर्नाण गरीन लागेको बताइएको उक्त  चलचित्रको छायांकन माघको १६ गतेबाट सुरु गर्ने तयारीमा निर्माण पक्षा रहेको पनि बताइएको छ ।