15th November 2019

असफलता बाट नडराउने नायिका मिरुना मगर ।

कार्तिक,२९,२०७६ । एक्टर स्टूडियोमा अभिनय सिकेर नाटक‘कथा देश ३’ बाट अभिनय यात्रा शुरु गरेकी नायिका मिरुना मगरको डेब्यु चलचित्र लाल पुर्जा रहेको छ ।लण्डनमा बस्दै आएकी नायिका मिरुना मगरले पहिलो चलचित्रमा नै सौगात मल्ल, विपिन कार्की जस्ता अभिनयका खानी अभिनेताहरु सँग काम गर्ने मौका पाएकी थिइन ।पहिलो चलचित्रमा सौगात मल्ल बिपिन कार्की जस्ता सफल अभिनेताको साथमा काम गर्न पाएकी नायिका मिरुना उक्त चलचित्र लाई लिएर निकै उत्साहित पनि थिइन । चलचित्र सफल हुनेमा उनि ढुक्क पनि थिइन ।तर चलचित्र प्रदशनमा आए पछी नायिका मिरुनाको सोचाइ गलत साबित हुन पुगयो जुन चलचित्रले नेपाली दर्शकहरु मन जित्नमा असफल हुन पुगयो ।पहिलो चलचित्र असफल भए पनि नायिका मिरुना आफु अभिनित अर्को चलचित्र ‘रोज’ सफल हुनेमा पुर्ण बिश्वस्त थिइन जुन चलचित्रमा उनको अपोजिटमा नेपाली चलचित्रका स्टार नायक नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको थियो । तर नायिका मिरुनाको दोस्रो चलचित्रले पनि बक्सअफिसमा खासै सुखद ब्यापार गर्न सकेन । नायिका मिरुना अभिनित यि दुई चलचित्र एक प्छी अर्को गर्दै असफल हुन पुग्दा पनि उनको चलचित्र को अभिनय यात्रा भने रोकिन पुगेको छैन ।नायिका मिरुनाले त्यस पछी नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’मा काम गरिन् । तर, यो चलचित्रबाट पनि नायिका मिरुना लाई असफलता  नै हात पर्‍यो । लगातार तीन चलचित्र असफल भए पनि अभिनय यात्रा लाई निरन्तरता दिदै आएकी मिरुना अभिनित चौथो चलचित्र ‘च च हुई’ यती बेला प्रदशन को तयारीमा रहेको छ भने नायिका मिरुना पनि यती बेला उक्त चलचित्रको प्रचार प्रसार मा ब्यस्त रहेकी छिन ।मंसिर ६ गते बाट प्रदशन मा आउन लागेको उक्त चलचित्रमा नायिका मिरुना नायक आर्यन सिग्देलको साथमा देखिदै छिन । असफलता बाट नडराइ असफलता लाई नै सफलताको मुल शुत्र मान्दै निरन्तर नेपाली चलचित्रको यात्रामा लागी परिरहेकी नायिका मिरुना लाई निर्देशक साम्तेन भुटियाको निर्देशनमा निर्मित चलचित्र च च हुइ बाट सफलता मिलोस शुभकामना ।