14th November 2019

बिबाहको तयारीमा नायिका आचल शर्मा ।

कार्तिक्,२८,२०७६ ।गएको एक वर्षदेखि डा, उदिप श्रेष्ठको प्रेममा रमाइ रहेकी नायिका आचल शर्मा बिबाह को तयारी मा जुटेको बताइएको छ । एक वर्षसम्म आफ्नो प्रेम सम्बन्ध लाई लुकाएर राखेकी नायिका आँचल आजभोली भने आफ्नो प्रेम को बारेमा खुलेर कुरा गर्न थालेकी छन् ।त्यसैले पनि मंसिर आउन अब केहि दिन मात्र बाँकी रहदा नायिका आचलको सबै सोचेअनुसार भए आचल को बिबाह मंसिर महिना नकटाउने अवस्थामा रहेको बताइएको छ ।साथै हिजो आज नायिका आचल को हरेक अन्तर्वार्ताहरु मा आचल ले प्रेमी डा । उदिपको तारिफ गरेको भेतीनछ ।नायिका आचल ले प्रेमीसँगको पहिलो भेटदेखि प्रेमीको आनीबानीसम्मको बयान गरी रहेकी पाइन्छ ।साथै, नायिका ले विवाहबारे पनि जानकारी दिएकी छन् ।आचल को अनुसार, उनि हरुको विवाह यसै वर्ष गर्ने तयारी भइरहेको पनि बताइएको छ ।नायिका आचल ले एक अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो वर्ष कट्ने सम्भावना कम रहेको बताएकी छिन ।साथै समाचार स्रोत लाई आधार मान्ने हो भने’ डा । उदिप पनि मंसिर अन्तिमसम्म आँचललाई आफ्नो घर भित्राउने तयारीमा रहेको पनि बताइएको छ ।चलचित्र ‘नाईं नभन्नू ल ४’ बाट नेपाली रजतपट मा डेब्यू गरेकी यि नायिकाले ‘जोनी जेन्टलम्यान,शत्रु गते’ ब्ल्याक,दाल भात तरकारी लगाएतका चलचित्र हरुमा अभिनय गरिसकेकी छिन भने चलचित्र झिंगे दाउ छाँयाकन मा जाने तयारीमा रहेको छ।