13th November 2019

चलचित्र हिजो आजको कुरा को छायाकन शुरु ।

कार्तिका २७,२०७६ ।चलचित्र हिजो आजको कुरा को छायाकन शुरु गरिएको छ ।सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बन्न लागेको उक्त चलचित्रको कार्तिक २७ गते बुधबार पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा चलचित्रको शुभ मुर्हुतगर्दै चलचित्रको छाँयाकन शुरु गरिएको हो ।३५ दिने छायांकनको सेड्युल बनाएको फ्लोरमा निस्किएको उक्त चलचित्रको छाँयाकन काठमाडौं र चितवन पनि गरिने बताइएको छ ।साथै निर्माण स्रोतले बताए अनुसार चलचित्रको छायाकन शुरुमा काठमाडौं र त्यसपछि चितवनमा गरिने बताइएको छ ।यश फिल्म प्रोडक्सनबाट निर्माण हुन लागेको चलचित्र‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलिया, नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्कीको साथमा हाँस्यव्यंग्य कलाकारहरु रमेश अधिकारी, सविन शाक्य, विनायक कुँईकेल, अनुष्का अधिकारीको पनि रहने छ ।चलचित्रको शुभ मुर्हुतमा सन्तोष पन्त, रमा थपलिया र रिमा विश्वकर्मा लगाएतको उपस्थित थियो ।