12th November 2019

चलचित्र लभ डायरिज को नयाँ प्रदशनी मिती सार्वजनिक ।

कार्तिक,२६,२०७६ । चलचित्रमा समाबेश एक गीत को छाँयाकन सम्पन्न गर्दै चलचित्र लभ डायरिज को नयाँ प्रदशनी मिती सार्वजनिक गरिएको छ ।एक पछी अर्को गर्दै प्रदशनी मिती सार्दै आएको अभिनेता सुशील श्रेष्ठ अभिनित चलचित्र ‘लभ डायरिज’को नयाँ प्रदशनी मिती आउँदो फागुन २ गते लाई तय गरिएको छ ।साथै निर्देशक सौरभ चौधरी निर्देशित उक्त चलचित्र प्रेम दिवसकोे मेसोमा प्रदर्शन मा आउन लागेको पनि बताइएको छ । साथै राजधानी स्थित पाँचतारे होटल हायातमा चलचित्रमा समाबेश एक रोमान्टिक गीतको पनि छाँयाकन सम्पन्न भएको छ । जुन गीतको भिडियोमा चलचित्रका प्रमुख पात्र नायक सुशील श्रेष्ठ र नव-नायिका रुबिना थापा माथी छायाकन गरिएको उक्त गीत को भिडियोमा सुशिल र रुबिनाको साथमा टिक-टकमा निकै भाइरल ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाको पनि नृत्य लाई समेटिएको छ ।‘छम छम छम ।’ बोल रहेको गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने गायिका दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर रहेको छ । साथै छाँयाकन सम्पन्न उक्त गीतले  चलचित्रको हाइप निर्माणमा ठूलो भूमिका खेल्ने विश्वास चलचित्रको निर्माण टिमले लिएको छ । चलचित्रमा सुशील र रुबिनाको अलावा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई समावेश गरिएर निर्माण भएको उक्त चलचित्र मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको चलचित्रका निर्देशक सौरभ चौधरेले बताएका छन ।चलचित्रमा अभिनेता सुशील लाई विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिकामा देख्न पाइने पनि बताइएको छ ।एक पछी अर्को असफल चलचित्र हरु दिदै आएका अभिनेता सुशुल यस चलचित्र बाट भने निकै आशावादी देखिएका छन् ।‘ई इस्टेर इन्टरटेनमेन्ट’ को व्यानरमा निर्माण भएको लभस्टोरी चलचित्र ‘लभ डायरिज’ मा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत,कविराज गहतराजको नृत्य रहेको छ ।  विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माणमा निर्मित उक्त चलचित्र लाई लिएर नव नायिका रुबिना थापापनी निकै उत्साहित छिन् ।