11th November 2019

चलचित्र च च हुइको पोष्टर सार्वजनिक ।

कार्तिक,२५,२०७६ ।चलचित्र च च हुइको क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ ।अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर को मुख्य भूमिका रहेको आउँदो मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर लाई निर्माण टिमले चलचित्रको प्रसार प्रसार गर्दै सार्वजनिक गरेको हो ।यस अघी चलचित्रको निर्माण टिमले सार्वजनिक गरेको चलचित्रमा समाबेश गीत संगीत र चलचित्रको ट्रेलर चर्चा बटुली रहेको समयमा चलचित्रको प्रचार प्रसार लाई थप मजबुत बनाउन को लागी  निर्माण टिमले चलचित्रको उक्त क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।निर्माण टिमले सार्वजनिक गरेको मुख्य चार क्यारेक्टर पोष्टरमा प्रेम (आर्यन सिग्देल), भोला (भोलाराज सापकोटा), संगीता (मिरुना मगर) र श्यामलाल (माओत्से गुरुङ)को क्यारेक्टर पोस्टर लाई सार्वजनिक गरिएको छ । लभ स्टोरी जनराका चलचित्र हरुमा रुचाइएका नायक आर्यन लाई उक्त चलचित्र मा रोमान्टिक कमेडी जनरामा देख्न पाइने छ । साथै चलचित्र च च हुइमा दुई युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई रमाइलो तरिकाले चित्रण गरिएको पनि बताइएको छ ।त्यस्तै चलचित्रले जीवनको पिङ ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने अवस्थालाई पनि  देखाइएको बताइएको छ । चलचित्रमा अभिनेता आर्यन र कलाकार भोला लाई हङकङमा काम गरिरहेका दुई युवाको भूमिकामा देख्न पाइने  छ भने अभिनेत्री मिरुना लाई हिमाली भेगको युवतीको भूमिकामा देख्न पाइने छ ।निर्देशक साम्तेन भुटियाको निर्देशनमा निर्मित उक्त चलचित्रमा आर्यन, मिरुना, भोला, माओत्सेको साथमा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ल लगायत कलाकारको पनि अभिनय रहेको छ ।निर्देशक साम्तेन कै सम्पादन रहेको उक्त चलचित्र एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको छ भने अमृत घोले लामाको निर्माण रहेको छ । चलचित्रमा सुशन प्रजापतिको छायाँकन, सिजन दाहाल र सन्देश अर्यालको पटकथा,राजनराज शिवाकोटी र रोशन थापाको संगीत,श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी  रहेको छ ।