10th November 2019

चलचित्र मारुनी अब बिदेशमा प्रदशन हुँदै।

कार्तिक,२४,२०७६ ।नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह,रेबिका गुरुङ र नायक पुस्प खडका अभिनित चलचित्र मारुनी अब बिदेशमा प्रदशन हुने भएको छ ।निर्देशक नवल नेपाल निर्देशित गत भदौ महिनाको १३ गते बाट नेपाली चलचित्रको घरेलु बजारमा प्रदशनमा आइ त्यस समय सफल ब्यापार ब्यवसाय गर्न सफल उक्त चलचित्र लाई जापान बाट प्रदशन गरिन लागेको बताइएको छ ।समाचार स्रोतका अनुसार नेपालमा समीक्षात्मक र व्यापारिक रुपमा सफल भएको उक्त चलचित्र लाई यही नोभेम्बर ३० तारिकमा जापानमा प्रदशन गरिन लागेको पनि चलचित्रकी  निर्मात्री पुनम गौतले समाचार स्रोत लाई बताएकी छिन । निर्मात्री पुनमका अनुसार ‘३० तारिकमा जापानको नागोयामा र डिसेम्बर ७ मा ओसाका र त्यसको केही दिनमा नै टोकियोमा चलचित्र मारुनी लाई प्रदर्शन गरिन लागेको पनि बताएको छ ।साथै चलचित्र प्रदर्शनको लागि निर्मात्री पूनमसँगै चलचित्रका नायक पुष्प खड्का पनि जापान पुग्ने कार्यक्रम रहेको बताइएको छ ।साथै उक्त चलचित्रको जापान प्रदशन पश्चात  अष्ट्रेलिया, अमेरिका, लण्डन लगायतका देशहरुमा पनि चलचित्रको प्रदर्शन पक्का भइसकेको निर्मात्री गौतमले जानकारी दिएकी छिन ।तेस्रो लिङ्गीको कथामा निर्माण भएको उक्त चलचित्रम संजय लामाको छाँयाकन रहेको छ ।